Comments Add Comment

गुल्मीका ग्रामिण सडक दशैं अघि नै मर्मत हुने

१४ असोज, गुल्मी । वर्षासँगै अवरुद्ध बनेका गुल्मीका ग्रामीण भेगका सडकहरु दशैं अगाडि नै मर्मत गर्न जिल्ला विकास समितिले रकम विनियोजन गरेको छ ।

Gulmi-Districtहिन्दुहरुको महान पर्व दशैं नजिकिएसँगै ग्रामीण सडकमा यात्रुहरुको चाप बढ्न थालेको छ । यात्रुहरुलाई सुरक्षित र सहजरुपमा यात्रा गराउने उद्देश्यले जिल्लाभित्रका बिगि्रएका सडकहरु मर्मत गर्न थालिएको हो ।

जिविस गुल्मीले स्थानीय उपभोक्ता समिति मार्फत मर्मत गर्ने योजना रहेको जिबिस गुल्मीका कार्यक्रम अधिकृत बिनोद मरासिनीले जानकारी दिए ।

जल्लाका तिनवटा निर्वाचन क्षेत्रमा जिल्ला बिकास समितिको प्राबिधिक टोलिले ग्रामीण सड्कको अबस्था अनुगमन गरेर फर्किएकाले सम्झौता अगाडि बढाइएको अधिकृत मरासिनीको भनाइ छ । जिल्लाका अधिकांश सडक वर्षायाम सुरु भएसँगै बन्द छन् ।

ग्रामीण सडक मर्मतका लागि जिविसले सडकको प्रकृति हेरी १ लाख देखि ६ लाख रुपैयाँसम्म रकम विनियोजन गरेको छ ।

सडक मर्मतका लागि विनियोजन गरिएको रकम स्थानीय उपभोक्ता समितिको खातामा जाने र काम सम्पन्न गरेपछि रकम भुक्तानी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment