Comments Add Comment

सिक्टा सिंचाईको अनुगमन गर्न नेपालगञ्ज पुगे प्रधानमन्त्री

Prachanda

१५ असोज, नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन् ।

शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो । ४७ प्रतिशतका काम भएको छ । अब हामीले समयभन्दा अगाडि सम्पन्न गर्नुहोला ।’

उनले अघि भने, म समयभन्दा पहिला, गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो काम गर्नुहोला । सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नेछ । नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं ।’

राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री नेपालगञ्ज पुगेका थिए । १० वर्षदेखि निर्माणाधिन ४२००० सेक्टर जमिन सिंचाई गर्ने क्षमता राख्ने योजना निर्माणका आधा काम सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment