मंगलबार, १५ चैत, २०७३
OnlineKhabar.com

अदालतलाई छल्न विदेश गएका लोकमान फर्किए, हेर्नुस् ३ तस्वीर

अनलाइनखबर

lokman-singh-karki-1

३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन् ।

सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेपछि उनी क्यानडा गएका थिए । अदालतलाई म्याद तामेली छल्न उनी विदा थप्दै बसेका थिए ।

पछिल्लो पटक उनी दुबर्इ पुगेका थिए । उनी विदेशमै रहेका बेला अदालतले म्याद तामेली गरेको छ । र,१५ दिनभित्र तारेख बुझ्न उनी वा प्रतिनिधि अदालतमा उपस्थिति हुनु पर्नेछ ।

म्याद तामेली भएपछि कार्की स्वेदश फर्किएका हुन् । विमानस्थलमा सञ्चारकर्मी देखेपछि अख्तियार प्रमुख कार्कीले तपाईहरु आउनु भो, धन्यवाद भनेर बाहिरिएका छन् ।

lokman-singh-karki-3

lokman-singh-karki-9

२०७३ कार्तिक ३ गते २०:२२ मा प्रकाशित (२०७३ कार्तिक ४ गते ७:३८मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this