Comments Add Comment

शुक्रबारका टप १० समाचारः पाइपलाइनबाटै ग्यासदेखि मध्यमार्गी बाटो खोज्दै कांग्रेससम्म

आज शुक्रबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ?

pipe-line-gas-at-lalitpur-3

भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ ।

२. लोकमानलाई राजीनामा गराउने मध्यमार्गी बाटो खोज्दै कांग्रेस !

विहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहितका युवा नेताहरुले निशंकोच महाअभियोगको पक्षमा उभिन पार्टी नेतृत्वमाथि दबाव दिएका छन् ।तर, कांग्रेसका धेरै नेताहरु भने आवेगमा निर्णय नगरौं भनिरहेका छन् ।

३. बहसः माओवादी अब महाअभियोगबाट ‘ब्याक’ हुन सक्छ ?

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डमा लोकमानविद्ध उभिन अझै धर्मराइरहेका छन् । उनी प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णय कुरिरहेका छन्

४. विद्यालयमा बम राखेर जंगलमा बास ! यसरी समातिए दुई ‘आतंककारी’

गत असोज ४ गते काठमाडौं र ललितपुरका १० वटा स्कुलमा एकसाथ बम विष्फोट भएको खबरले सनसनी मच्चिएको थियो । स्कुले विद्यार्थी र तिनका अभिभावकमात्रै होइन, सबै काठमाडौंबासी आतंकित बने ।

५. महाअभियोगको सर्जिकल स्ट्राइक ! कहाँ-कहाँ हान्यो यसले ?

महाअभियोगको प्रस्ताव पेश गर्ने प्रस्तावक सांसद महेन्द्रबहादुर शाहीदेखि लिएर बुझिलिने सभामुख ओनसरी घर्तीसमेत पूर्वछापामार कमाण्डर नै हुन् । र, यसमा निर्णायक भूमिका खेल्ने मन्त्री जनार्दन शर्मा पनि चर्चित पूर्वलडाकू कमाण्डर नै हुन् ।

६. लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ

माओवादी नेता एवं उर्जामन्त्री जनार्दन शर्मामाथि आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ । लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा प्रयोग भएको हस्ताक्षर शर्माले दुरुपयोग गरेको भन्दै विहीबारको बैठकमा केही सांसदहरुले उनीमाथि कारवाहीको माग गरेका थिए ।

७. प्रधानमन्त्री प्रचण्डको गुनासोः खुकुरीको धारमा हिड्नु परेको छ

प्रधानमन्त्री प्रचण्डले आफू भाग्यमानी मान्छेभित्र पर्ने बताए । १० वर्षे विद्रोह, शान्ति प्रक्रियाको नेतृत्व गर्ने र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर आफूले पाएको भन्दै उनले आफैंलाई भाग्यमानी भने ।

८. ‘जंगलमा भेटाएको’ भन्दै आफ्नै सन्तान प्रहरीलाई जिम्मा लगाएपछि…

गत आइतबार प्यूठानको जस्पुर जंगलमा बेवारिसे अवस्थामा शिशु भेटाएको भन्दै एक महिला प्रहरीकोमा पुगिन् । बेवारिसे भन्दै एक महिनाको उक्त शिशु (बालक)लाई प्रहरीले आवासगृहको जिम्मा लगायो ।

९. प्रेममा रहेका उषा र सुधांशु बिहे गर्ने तयारीमा

लामो समयदेखि अमेरिकामा बस्दै आएका कलाकार सुधांशु जोशी र केही बर्ष अगाडि मात्र अमेरिका पुगेकी नायिका उषा पौडेल अहिले प्रेममा छन् । विगत ३-४ महिनादेखि यी दुई प्रेममा रहेको वुझिएको छ ।

१०. एन्फाको निर्वाचन गर्ने बाटो खुल्यो

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागि आसन्न निर्वाचन गर्ने मार्ग प्रसस्त गरेको छ । एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि आगामी सोमबार निर्वाचन हुँदैछ ।

र, यो पनि

अनौठो मन्दिर, जसले महिलाको कपाल बेचेरै वर्षको २ अर्ब कमाउँछ

मन्दिरको आयश्रोत के हो ? अवश्य पनि दान तथा भेटी । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ जसले महिलाको कपाल बेचेर अरबौँ आम्दानी गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment