Comments Add Comment

एनसेललाई लाभांश विदेश लैजान दिन सिफारिस गरेको छैनः दूरसञ्चार प्राधिकरण

nepal-dursanchar-pradhikara
१० कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलले लाभांश देशबाहिर लैजानुमा आफ्नो कुनै भूमिका नरहने दावी गरेको छ । प्राधिकरणले राष्ट्र बैंकलाई लाभांश भुक्तानी दिन मिल्ने भनेर कुनै सिफारिस नगरेको मंगलबार प्रेस विज्ञप्ती जारी गर्दर्ै बताएको हो ।

प्राधिकरणबाट मोवाइल सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सेवाप्रदायक कम्पनी एनसेललाई सेवा सञ्चालन गरे वापत प्राप्त मुनाफाको लाभांश भुक्तानीका सम्बन्धमा विदेशी लगानीमा सञ्चालित कम्पनीकोे लाभांश लैजाने विषय मूलतः उद्योग मन्त्रालय/विभाग तथा नेपाल राष्ट्र बैंकको कार्य क्षेत्रभित्र पर्ने व्यहोरा पटक पटक नेपाल राष्ट्र बैंकलाई अवगत गराइएको विज्ञप्तीमा उल्लेख छ ।

साथै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले अनुमतिपत्रमा तोकिए बमोजिम सेवा सञ्चालन गरे नगरेको र कानून बमोजिम बुझाउनु पर्ने अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर, रोयल्टी, फ्रिक्वेन्सी दस्तुुर बुझाए नबुझाएको बिषयको नियमन गर्ने कार्यमात्र गर्ने कार्य आफ्नो क्षेत्रभित्र पर्ने स्पष्ट पारेको छ ।

साथै प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियामक निकायबाट एनसेलको लाभांश भुक्तानीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भए सूचना जस्तो कुनै प्रकारको सिफारिश नगरिएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment