Comments Add Comment

तिहारमा मखमली फूलको माहौल (फोटो फिचर)

gomphrena-globosa-makhmali-flower-3तिहारको योबेला मखमली, सयपत्री र गोदावरी फूलले वातावरण सुसज्जित भएको छ । तिहारको भाइटीकामा खासगरी मखमली फूल विशेष प्रयोगमा आउँछ । तिहारमा सप्तरंगी टीकाजस्तै यसको पनि विशेष महत्व हुन्छ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दै मखमलीको माला लगाइदिन्छन् । कहिल्यै नओइलाउने भएकाले यसलाई स्वस्थ जीवन र दीर्घायुको प्रतीक मानिन्छ ।

gomphrena-globosa-makhmali-flower-7मखमली फूल सेतो, हल्का रातो र गाढा कलेजी रङमा फुल्छ । संस्कृतमा यसलाई रक्त मल्लिका भनिन्छ ।

अहिले बजारमा ३५ रुपैयाँदेखि एक सय रुपैयाँसम्म तिरेपछि मखमली फूलको माला पाइन्छ । यो फूलको खेती काठमाडौं उपत्यकामा भक्तपुरको गुण्डु लगायतका ठाउँमा गरिन्छ ।

gomphrena-globosa-makhmali-flower-2 gomphrena-globosa-makhmali-flower-10 gomphrena-globosa-makhmali-flower-15  gomphrena-globosa-makhmali-flower-16

gomphrena-globosa-makhmali-flower-14

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment