Comments Add Comment

एमाले नेतृत्वमा सरकार नभई मुलुकमा विकास हुँदैनः ओली

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व नगरेसम्म मुलुक विकासको बाटोमा अघि बढ्न नसक्ने दावी गर्नुभएको छ ।

kp oliललितपुरमा शुक्रबार आयोजित चियापान कार्यक्रममा ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन फेरि पनि एमालेले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

सत्ता साझेदार दल कांग्रेसका शीर्ष तहका नेताबाट सरकार परिर्वतनको षड्यन्त्र अनुरुप माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव ल्याएको टिप्पणी गरिरहेका बेला एमाले अध्यक्ष ओलीबाट सरकारको नेतृत्वको अभिव्यक्ति आएको हो ।

राजनीतिक स्थिरता कायम गर्दै समग्र आर्थिक विकासमा लम्किनका लागि मुलुकलाई एमालेकै नेतृत्व आवश्यक भएको ओलीको भनाइ थियो । उनले नेकपा माओवादी केन्द्रतर्फ इंकित गर्दै एमाले जनतामा लोकपि्रय भइहेका बेला गलत प्रचार गरेर फाइदा लिनेहरु सक्रिय भएको आरोप समेत लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले मुलुकमा सुशासन र पारदर्शीता कायम हुनुपर्छ भन्ने पक्षमा रहेकाले एमाले लोकमानविरुद्ध महाअभियोग प्रस्तावको पक्षमा रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment