Comments Add Comment

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित

donald-trump

२४ कात्तिक, काठमाडौं । डेमोक्रेटिक हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् ।

निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रप अमेरिकाको ४५ औं राष्ट्रपति बने । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि हुन् ।

[sam_list]  पूर्व विदेशमन्त्री समेत रहेकी हिलारीले हार स्वीकार गरेकी छन् । ट्रम्पले भने सबैको राष्ट्रपति बन्ने बाचा गरेका छन् ।

५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिन्छ । ट्रम्पले २७६ मत पाएका छन् । र, मत गणना अन्तिम तरणमा रहेको एरिजोना र मिसिगनमा उनकै अग्रता छ । एरिजोनाको ११ र मिसिगनको १६ मत थपियो भने ३०३ मत हुनेछ ।

trump-wins-presidency

यो परिणाम धेरेका लागि अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थिए र हिलरी नै हृवाइट हाउसमा जाने देखाएको थियो ।

तर, निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो । विस्कन्सिनमा ट्रम्पले हात पारेको जित पनि डेमोक्रेटहरुका लागि अर्को झड्का थियो ।

ट्रम्प चुनावी अभियानका क्रममा पटक पटक विवादमा नआएका होइनन् । आप्रवासी, आतंकवादबारे कडा देखिएका उनीमाथि महिलाको इज्जत नगरेको आरोप पनि लाग्यो । तर, कामकाजी श्वेत समुदायको भोट उनलाई नै उल्लेख आयो ।

उनका प्रतिस्पर्धी हिलरी अफ्रिकी अमेरिकी समुदायको भोट अपेक्षाकृत पाउन असफल भइन् भने उनले युवा पुस्ताको पनि मन जित्न नसकेको देखियो ।

कंग्रेसमा पनि बहुमत

रिपब्लिकन पार्टीले कंग्रेसको माथिल्लो सदन सिनेट र तल्लो सदन हाउसमा आफनो बहुमत पाएको छ ।मंगलबार केही सिटको जीत सँगै एक सय सदस्य संख्या रहेको सिनेटमा रिपब्लिकन पार्टीको ५१ सिट भएको छ ।

हाउसमा रिपब्लिकन पार्टीले दुई सय ३६ संख्या राख्न सफल भएको छ । कुल चार सय ३५ संख्या रहेको हाउसमा बहुमतका लागि दुई सय १८ आवश्यक पर्छ । डेमोक्र्याटिक पार्टीको एक सय ९१ सांसद छन् ।

यो पनि पढ्नुस्

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ? 

डोनाल्ड ट्रम्पः त्यो उदास जर्मनी, यो निराश अमेरिका !

विश्वलाई आश्चर्यमा पार्दै ट्रम्पले कसरी जिते ? यस्ता छन् पाँच कारण

कहिले सम्हाल्छन् ट्रम्पले हृवाइट हाउसको कमाण्ड ? ओबामाले कहिले छाड्छन् ?

डोनाल्ड ट्रम्पका ५ अभिव्यक्ति, जसले उनलाई विवादमा ल्याए

हिलारी क्लिन्टनले स्वीकार गरिन् हार

परराष्ट्रविद भन्छन्-अमेरिकाबाट नेपालले पाउने आर्थिक सहयोग कटौती हुनसक्छ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई नजिकबाट चिन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment