+
+
Shares

प्रहरी परिसरमा भेटिएका ८६ वटा बम सेनाद्वारा निष्क्रिय

ती बम सशस्त्र द्वन्द्वकालका बेला बरामद गरिएका बम हुनसक्ने अनुमान गरिएको छ । त्यो बेला बंकरमा राखिएको अवस्थामा रहेको र समयसँगै पुरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १७:२१

१९ वैशाख, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हाताभित्रमा भेटिएका बम निष्क्रिय पारिएको छ । कार्यालय परिसरमा प्रशिक्षण भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेका थिए । ती बमलाई शनिबार नेपाली सेनाको सहयोगमा निष्क्रिय पारिएको हो ।

भेटिएका बममध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक थान बोतल बम थिए । जग खन्ने क्रममा बम भेटिएपछि थप उत्खनन् गर्दा रेडियो वेभ सात थान, एक्सप्लोसिभ ५०० ग्राम, बम बनाउन प्रयोग हुने दुई किलो सामग्री र फाइरिङ केबल १० मिटर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले जानकारी दिए । बल फेला परेपछि तत्कालै नेपाली सेनाको सिद्धीबक्स गण सिमखर्क ब्यारेकसँग समन्वय गरिएको थियो ।

शनिबार दिउँसो कालीभक्ती गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजाली र सिद्धीबक्स गण सिमखर्कबाट सेनानी महेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले बम निष्क्रिय पारेको छ ।

ती बम सशस्त्र द्वन्द्वकालका बेला बरामद गरिएका बम हुनसक्ने अनुमान गरिएको छ । त्यो बेला बंकरमा राखिएको अवस्थामा रहेको र समयसँगै पुरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?