+
+

झारफुकको निहुँमा बलात्कार !

रासस  रासस 
२०७३ मंसिर ६ गते १५:०९
rape
सांकेतिक तस्वीर

६ मंसिर, बनेपा । झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रेम तिमल्सिनाविरुद्ध काभ्रे प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा ५८ वर्षीय तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो । किशोरीमा तीन महिनाको गर्भ रहेको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?