Comments Add Comment

पनौतीमा काव्य विमर्श

नेपाल प्रज्ञा-प्रतिष्ठान र साहित्य सन्ध्याको आयोजनामा काभ्रेको पनौतीमा नेपाली कविताको समकालीन अवस्थाबारे विशेष चर्चा गरियो ।

kabya-bimarsaविचार गोष्ठीमा प्रा. केशव सुवेदीले ‘समकालीन नेपाली कवितामा परिवर्तनका स्वर’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि प्रा. डा. जगदीशचन्द्र भण्डारी र डा. नारायण चालिसेले टिप्पणी गरेका थिए ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीले समाजको रूपान्तरणको जागरणमा लेखकहरूको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै समकालीन नेपाली कवितामा परिवर्तनका स्वर उल्लेख्य रुपमा आएको बताए । कार्यक्रममा विष्णु प्रभात, वासुदेव अधिकारी र लक्ष्मण सापकोटाले पनि विचार राखेका थिए ।

साहित्य सन्ध्याका महासचिव रमेश पोखरेल तथा कार्यक्रमको व्यवस्थापन गरेको जनसाहित्यिक मञ्च नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

काव्य विमर्शपछि आयोजित कवि गोष्ठीमा वासुदेव अधिकारी, छवि श्रेष्ठ, मीरा पौड्याल, मनोज अधिकारी, समर्पणश्री लगायत कविहरूले कविता वाचन गरेका थिए । यस्तै, रामकृष्ण श्रेष्ठ, सन्तोष ताम्राकार र मच्छेश्वर सापकोटाले गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment