२३ मंसिर, गुल्मी । प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गर्ने गरी आएको संविधान संशोधन विधेयकको विरोधमा गुल्मीमा महिलाहरुले थाल ठटाउँदै सडकमा उत्रिएका छन् ।
सरकारले संसदमा संशोधन विधेयक दर्ता गरेपछि गुल्मीमा लगातार प्रदर्शन हुँदै आएको छ । र, लगातार प्रदर्शन गर्दा पनि माग सुनुवाई नभएको भन्दै महलाहरुले सदरमुकाम तम्घासमाथाल ठटाएर जुलुस प्रर्दशन गरेका हुन् ।
लाकुरी मञ्चबाट सुरु भएको जुलुस बजारका बिभिन्न स्थान हुँदै लाकुरी मञ्चमै आएर कोणसभामा परिणत भएको थियो । सभामा महिलाहरुले संशोधान फिर्ता लिएर सर्वसाधारणको दैनिकी सहज बनाउन सरकारलाई आग्रह गरेका छन् ।
लगातारको बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ ।