सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

नेपालका नदीमा तटबन्ध गर्न भारतले दियो झण्डै ७२ करोड

india-helps-to-nepal

२७ पुस, काठमाडौं । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० हजार प्रदान गरेको छ ।

सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी व्यवस्थापनमा भारतबाट प्राप्त सहयोगको सराहना गरे।

राजदूत रायले नेपालको विकास प्रयास र दैवीप्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

२०७३ पुष २७ गते १६:४१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • mahesh लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:५७

    Headline ma chai 72 crore lekhne, tala news ma chai 62 ni chaina ta. Rin liyera khusi vayera k garne haami nepali afaile kei garna sake po khusi mannu…

    2
    6
    Share

  • rommy लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १७:०२

    good

    1
    2
    Share

  • kashey yolmo लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १८:०६

    आखिर भारत ले सहयोग दिए पनि यस्तै हो तद्बंध,दसगजा मा बाँध,नेपाल डुबाएर रमाउने यस्तो असल छेमेकी लाइ के भन्ने?,खोला नाला कब्जा गर्ने,देखि दाउ परे नेपाल नै कब्जा गर्ने नीति बेकेका छेमेकी छ,५ फूट को चेक देखाएर रंजित रे ले आफ्नो बिज्ञापन गरेको हो,अनि हाम्रो नेपाल को पत्रकार महोदय ज्यु, नेपालका नदीमा तटबन्ध गर्न भारतले दियो झण्डै ७२ करोड,भनेर शिर्षक दिएर तल बिस्तार मा चै ६१.९६,३०००० दिएको छ ,चेक मा पनि प्रस्टै देखेको छ,फेरी १० करोड ३लाख ७० हजार लाइ झन्डै कसरि भन्नु भो जबकि भारत ले एउटा थोत्रो अम्बुलांस दिए पनि समाचार बनाउछ,कृपया यत्रो डिजिट को फरक लाइ झन्डै भन्नु पाउनु हुन्न,धुर्मुस सुन्तली ले ५ करोड मा ६८ वटा घर बनाउना सक्छ भने यो दस करोड ३लाख ७० हजार ले उनि हरु ले १३६.-भन्दा बढी घर बनाउने देखिन्छा कसरि झन्डै हुन्छा यो१० करोड ३लाख ७० हजार ,यदि इन्डियन रुपैयाँ हो भने झन्डै होला तर नेपाली रुपैयाँ ???

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this