Comments Add Comment

सुन तस्करलाई संगठित अपराध अन्तरगत मुद्दा चलाउन निर्देशन

२७ पुस, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करी रोक्न अधिकार सम्पन्न उच्चस्तरीय छानविन समिति गठन गर्न पनि सचेत गराएको छ ।

Prakash-Jwalaसमितिको बुधबार बसेको बैठकमा सभापति प्रकाश ज्वालाले विमानस्थलमा कार्यरत कर्मचारीको मिलेमतोमा नियमित रुपमा अवैध सुन तस्करी र राजस्व चुहावट भएको पुष्टि भएको भन्दै समितिले विमानस्थलमा कार्यरत प्राविधिक र प्रशासन समूहका सबै कर्मचारीलाई जगेडामा राखेर नयाँ कर्मचारी पठाउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिए ।

समितिले विमानस्थलमा रहेका विभिन्न सरकारी निकायबीच आवश्यक समन्वयको अभाव र कामको बाँडफाँड नभएकाले राजस्व चुहावट र तस्करी भएकाले आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराएको छ ।

त्यसैगरी विमानस्थल भएर बाहिरिने यात्रुको मात्र जाँच गर्ने व्यवस्था रहेकाले तत्कालै नेपाल भित्र्ने यात्रुको पनि कडा जाँच गर्न समितिले नागरिक उड्डयन प्राधिकरणलाई पनि निर्देश गरेको छ । त्यसैगरी विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति तत्काल पूर्ति गर्न पनि समितिले सरोकारवाला निकायलाई भनेको छ ।

गत बिहीबार नेपाल भित्रिएको ३३ किलो अवैध सुन विमानस्थल बाहिर बरामद भएपछि समितिले गृहमन्त्रालय, अर्थमन्त्रालय र नागरिक उड्डयन प्राधिकरण मातहतका निकायसँग छलफल गरेको हो । दुई दिनसम्म चलेको छलफलमा विमानस्थलका कर्मचारीको मिलेमतामा तस्करीका घटना हुने गरेको नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आरोप लगाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment