Comments Add Comment

बेन्जिमाको गोलसँगै रियल मडि्रडले बनायो नयाँ रेकर्ड

real-madrid२९ पुस, काठमाडौं । करिम बेन्जिमाको अन्तिम मिनेटको गोलसँगै स्पेनिस जाइन्ट रियल मडि्रडले लगातार ४० खेलमा अपराजित स्पेनिस नयाँ रेकर्ड बनाएको छ ।

कोपा डेल रे कपको अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग ३-३ को बराबरी खेलेको छ । पहिलो लेगमा ३-० को जित निकालेको रियल समग्रमा ६-३ ले विजयी भयो ।

रियल मडि्रड यो कीर्तिमानबाट झण्डै चुकेको थियो । ७७ औं मिनेटमा इबोराले गोल गरेपछि सेभिल्लालाई ३-१ को अग्रता दिलाएका थिए ।
तर ८३ औं मिनेटमा रामोसले पेनाल्टी गोल गरे भने ९३ औं मिनेट -अतिरिक्त समय) मा बेन्जिमाले गोल गरेपछि रियल ३-३ गोलको बराबरी खेल्न सफल भयो ।

रियल मडि्रड च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा अपि्रलमा उल्फबर्गसँग पराजित भएको थियो । त्यस यता उसले हार व्यहारेको छैन ।

उसले अघिल्लो खेलमा बार्सिलोनाले बनाएको ३९ खेलको अपराजित रेकर्ड भेट्टाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment