Comments Add Comment

एउटै संस्थाले सर्वसाधारणमा एफपीओ गरेर पटक पटक पैसा उठाउन नपाउँने

original1470591085fpo
४ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एफपीओ (नयाँ सेयर) निष्कासनको नाममा पटक पटक सर्वसाधारणबाट पुँजी उठाउँन नदिने सम्भावना रहेको छ । एक पटक सर्वसाधारणमा सेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणबाट पुनः रकम संकलन गर्न प्रयोग गरिने उपकरण नै एफपिओ अर्थात् फर्दर पब्लिक अफरिङ हो ।

‘एफपीओबाट सजिलै पैसा उठायो, त्यही पुँजीबाट लाभांश लियो अनि फेरी पनि एफपीओ जारी ग¥यो, यस्तो हुने सम्भावना बढेको छ,’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले भने । गिरीले पुँजीको प्रयोग र पुन पुँजी संकलनको औचित्य हेरिने बताए ।

पहिले जारी गरेको एफपीओबाट उठेको रकम के कसरी प्रयोग गरियो भन्ने जानकारी दोस्रो पटक एफपीओ जारी गर्न निकालिने आवहान पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था समेत धितोपत्र बोर्डले गर्ने भएको छ ।

एफपीओ जारी गर्दा अंकित मूल्यभन्दा बढिमा गर्न पाइन्छ । अंकित मूल्य बराबरको रकम सेयर पुँजीमा जाने र बाँकी रकम कम्पनीहरुको सञ्चितीमा जोडिन्छ । एफपीओ जारी गर्दा नयाँ प्रवेश हुने लगानीकर्ताबाट बढि पैसा असुल हुने र पुराना सेयरधनीले समेत पछिल्ला वर्ष बोनस लाभांश पाउँने गर्छन् । हुनतः यो प्रक्रिया स्वभाविक हो र कम्पनीको सेयर बिनेर बर्षौदेखि बसेकाहरुलाई संस्थामा विश्वास राखेकै कारण पुरस्कृत गरिने माध्यम पनि हो ।

तर सञ्चितीमा जाने बाँकी रकम लाभांश वितरणमा मात्रै प्रयोग गर्न पाइने भएकोले कम्पनीहरुले कमाई खासै गर्न नसकेपनि लाभांश वितरण गर्न सकिने पर्याप्त अवस्था बन्छ । यसले पुँजी उठाएर त्यसको लगानीबाट आम्दानी गरेर आएको प्रतिफल वितरण गर्नेभन्दा पनि सजिलोसँग लाभांश वितरण गरिरहने सोच हावी हुन सक्ने भएपछि धितोपत्र बोर्डले यसमा चासो देखाएको हो ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले चुक्ता पूँजीको नयाँ मापदण्ड तोकेपछि यी संस्थाहरुमध्ये कतिपयले एफपीओ जारी गरिरहेका छन् । यता, बीमा कम्पनीहरुले पनि ऐच्छिक रुपमा चुक्ता पुँजी वृद्धिको लागि यही प्रक्रिया अपनाइरहेका छन् । हालै शिखर इन्स्योरेन्स, रिलायन्स लोटस, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, नेपाल लाइफ इन्स्योरेन्सले एफपीओ जारी गरेका छन् । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, महाकाली बिकसा बैंक लगायतले पनि एफपीओ जारी गर्ने भएका छन् । केही बीमा कम्पनीले पुनः एफपीओ जारी गर्ने हल्ला सेयर बजारमा चल्न थालेको छ । तर धितोपत्र बोर्डले यसमा प्रावधान राख्न लागेकोले यो त्यति सहज हुने देखिदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment