+
+
Shares

चुनावमा अवरोध गर्ने महन्थ ठाकुरको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ७ गते १२:३८

mahantha-thakur

७ माघ, विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनलाई थाती राखेर चुनावमा गए त्यसलाई अवरोध गर्ने चेतावनी दिएका छन् । मधेसी मोर्चाको मागलाई बेवास्ता गर्दै सरकारले चुनावको कुरा उठाएको ठाकुरको आरोप छ ।

‘सिमांकन सम्वन्धी विवाद टुंगो नलागेसम्म हामी कुनैपनि निर्वाचनलाई स्विकार गर्ने पक्षमा छैनौं,’ शुक्रबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ठाकुरले भने, ‘यदि सरकार हाम्रो मागलाई सम्बोधन नगरी चुनावमा जान्छ भने हामी चुनाव हुन्न दिन्नौं, अवरोध गर्छौं ।’

‘हामी परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेका छौं । सरकार चुनावको कुरा गरेर हाम्रो मागलाई बेवास्था गर्न खोज्छ,’ ठाकुरले भने ।

उनले सरकारले सदनमा टेबल गराएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताए ।

‘सरकारले नै संविधान संशोधन प्रकृयाकालागि सदनमा टेबल गराउने अनि यसैले असफल बनाउने काम गर्छ भने त्यसलाई स्विकार गर्न सकिन्न,’ ठाकुरले भने, ‘संविधान संशोधन कुनैपनि हालतमा पास हुनु पर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?