Comments Add Comment

चुरोट पिउनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

skine-careचुरोट पिउनु स्वास्थ्यको लागि हानीकारक छ । यसबारे सायदै बेखबर छन् । यद्यपी लतमा फसेपछि स्वास्थ्यभन्दा चुरोटको माया गरिन्छ । चुरोटले खासगरी श्वासप्रश्वास क्रियामा गंभिर असर गर्छ । साथै यसले अनुहारको छालालाई समेत प्रभावित पार्छ । चुरोटमा हुने निकोटिनले छालामा छिटै चाउरीपन ल्याउने समेत बताइन्छ । यसबाट कसरी जोगिने ? केहि उपाय छ ।

–    पाकेको केराको पेष्ट बनाएर अनुहारमा लगाउनुहोस् । आधा घण्टा पछि मनतातो पानीले अनुहार सफा गर्नुपर्छ । यसले चाउरीपन कम गर्छ ।

–    कति व्यक्ति साबुनले अनुहार धुन्छन् । यसले चाउरीपनलाई थप बढाव दिन्छ । साबुनको साटो फेसवास प्रयोग गरौं ।

–    दुई चम्चा मह र चार चम्चा मिल्क पाउडर मनतातो पानीमा मिश्रण गरौ । यस पेष्टलाई अनुहारमा लगाएर दश मिनेटपछि सफा पानीले धुनुपर्छ ।

–    मेवामा मह मिश्रण गरेर अनुहारमा लगाउने । त्यससको १० मिनेटपछि धुने । केहि दिनसम्म यो कार्य नियमित रुपले गरेपछि चाउरीपन क्रमस हट्दै जान्छ ।

–    अनुहारमा घिउकुमारी लगाउनु सकिन्छ । यसमा मौलिक एसडि हुन्छ, जसले छालाको लचिलोपन बढाएर चाउरीपनबाट छुटकारा दिन्छ ।

–    अदुवाको पेष्टमा एक चम्चा मह मिलाएर हरेक विहान सेवन गर्नुपर्छ । यसले पनि प्राकृतिक रुपमा चाउरीपन हटाउन मद्दत गर्छ ।

–    काँचो दुधमा बदाम मिश्रण गरेर रातभर भिजाएर राख्ने । विहान यसलाई छानेर गाढा पेष्ट बनाउने । आधा घण्टापछि त्यसलाई अनुहारमा लगाउने । त्यसपछि मनतातो पानीले सफा गर्ने ।

–    ओलिभ आयलले अनुहारमा मसाज गर्दा पनि चाउरीपन क्रमस हटेर जान्छ । यसमा भिटामिन ए र इ हुन्छ, जसले छालालाई स्वास्थ्य तुल्याउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment