Comments Add Comment

मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

trump-sapath

१३ माघ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी बाचा अनुसार अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले यो योजनामा तत्काल काम सुरु गर्ने उनले बताएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सम्बेाधन गर्दै ट्रम्पले पार गर्न नसकिने पर्खाल बनाउनाले अवैध आप्रवासी र लागू औषध तस्करलाई रोक्न सकिने बताए । यसरी पर्खाल बनाउन लाग्ने सम्पूर्ण खर्च मेक्सिकोले व्यहोर्नु पर्ने ट्रम्पले एबीसी टीभीलाई दिएको अन्तरवार्तामा भनेका छन् ।

अर्बौ डलर खर्च हुने यो कामका लागि ट्रम्पले संसदको पनि सहमति लिनु पर्ने हून्छ । मेक्सिको र अमेरिकाको सीमामा २ हजार मिल लामो पर्खाल बनाउने ट्रम्पको चुनावी बाचा थियो ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीहरुको शरण लिने स्थान बनेका अमेरिकी शहरहरुमा जाने कोष पनि कटौती गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment