Comments Add Comment

बाथ रोग कसरी चिन्ने ?

बाथ रोग नेपाली जनमानसमा अत्यन्त परिचित रोग हो । मानिसको आफ्नै शरिरमा रहेको ‘आउटो एण्टिबडि’ ले गर्दा बाथ रोग लाग्दछ जसले शरिरका बिभिन्न जोर्नीहरु र अरु अङ्गहरुमा असर गर्दछ ।

बाथ रोगमा जोर्नी दुख्ने मात्र नभई यसले शरिरका बिभिन्न अङ्गहरु जस्तैः मुटु, कलेजो, फोक्सो, मृगौला आदिमा असर गर्दछ ।

बाथ रोगमा जोर्नीको दुखाईसँगै अन्य लक्षणहरुपनि देखिन्छन् ।

  • जोर्नी सुन्निने, निलो हुने र दुख्ने ।
  • जोर्नी बाङ्गोटिङ्गो हुने ।
  • जिउ सुन्निने ।
  • शरिरमा डाबर आउने ।
  • मुख सुख्खा हुने ।
  • आँसु नआउने ।
  • कपाल झर्ने ।
  • घाममा निस्कँदा पोतो आउने ।
  • लामो समयसम्म ज्वरो आउने ।
  • युवा अवस्थामा नै उच्च रक्तचाप देखिने ।
  • गर्भमा रहेको बच्चा नरहने (बारम्बार समय अघिनै खस्ने) वा बाँझोपन हुने ।
  • पिनास हुने र पिनास पटक पटक को उपचारपछिपनि निको नहुने ।
  • खोकी लाग्ने र खकारमा रगत आउने ।
  • पिसाबमा रगत जाने र जोर्नी दुख्ने ।
  • ढाड दुख्ने र करकर जिउ दुखिरहने तर काम गर्दैजाँदा निको हुने । राति कोल्टेफेर्न नसकिने ।
  • आँखा अचानक रातो हुने ।
  • टाउको धेरै दुख्ने र अचानक आँखाको दृष्टि हराउने ।
  • मांशपेसी कमजोर हुने र उठबस, हिडडुल तथा सानोतिनो काम सम्म पनि गर्न नसक्ने ।

आफुमा यस्ता लक्षणहरु देखिएको छ भने नजिकको बाथरोग बिशेषज्ञलाई भेटेर परामर्श तथा उपचार गराउनु जरुरी हुन्छ ।

(ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा कार्यरत डा. रेग्मीले भारतको नयाँदिल्ली स्थित एम्सबाट बाथरोगमा फेलोसिप गरेका छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment