Comments Add Comment

‘प्रेममा परेकी नै छैन, मन पराउनेका लागि आवेदन खुल्ला छ’: मिस नेपाल(भिडियो कुराकानी)


‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ ।

अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन् । सुरुवातमा त आफूलाई विभिन्न कुराले अप्ठ्यारो लागेपनि ११७ देशका प्रतिस्पर्धी साथीहरुबाट पाएको सहयोगले अगाडि बढ्न मद्दत पुगेको उनको भनाई छ ।

अश्मी श्रेष्ठसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


उनले विश्व सुन्दरी प्रतियोगीतामा भाग लिदा आफूलाई श्रीलंकाकी साथीसँग सबैभन्दा सजिलो महुशश भएको बताइन् । व्यक्तिगत कुरा गर्ने क्रममा अश्मी खुबै खुलिन् । उनले अहिलेसम्म आफू प्रेममा नै नपरेको सुनाइन् । आफूलाई अनुहारका अंगमध्ये सबैभन्दा बढी आँखा मनपर्ने उनको भनाई थियो । यो आँखामा डुब्ने कति छन् भन्ने प्रश्नमा उनले भनिन्-‘खै त्यो त मलाई कसरि थाहा भयो र ?’ तर, उनले आजसम्म आफू प्रेम सम्बन्धमा नरहेको खुलाइन् ।

तर, ह्यान्डसम, राम्रो बोली बोल्ने, हाइट भएको यूवकले आफूलाई आकषिर्त गर्ने उनको भनाई छ । उनले भनिन्-‘अहिले नै डबल हुने सोच छैन । करिअरलाई अगाडि बढाउन धेरै काम गर्न बाँकी नै छ ।’

अश्मीले चलचित्रमा अभिनय भने नगर्ने बताइन् । मोडलिङ, फेसन शोमा नै काम गर्ने इच्छा राखेकी अश्मीले चलचित्रमा काम नगर्नुको कारणबारे खुलाउँदै भनिन्-‘मैले २ वटा म्यूजिक भिडियोमा काम गरे । तर, मलाई अभिनय गर्न सक्छु भन्ने लागेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment