Comments Add Comment

सर्वाधिक पुरस्कार राशीको महिला क्रिकेट प्रतियोगिता हुँदै

२८ माघ, कैलाली । कैलालीको अत्तरियामा सर्बाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजार, प्रतियोगिताकी उत्कृष्ट ब्याट्सउमन, बलर र विकेट किपरले १०/१० हजार तथा प्रत्येक खेलको उमन अफ द म्याचले ३ हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए ।

लिगकम नकआउटको आधारमा खेलाईले प्रतियोगितामा प्रत्येक टीमले ४ जनासम्म विदेशी खेलाडीहरु राख्न पाउनेछन् ।

प्रतियोगिता अत्तरियास्थित सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीको खेल मैदानमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment