Comments Add Comment

मेस्सीको पेनाल्टी गोलसँगै बार्सिलोना विजयी

९ फागुन, काठमाडौं । लिओनल मेस्सीको ९० औं मिनेटको पेनाल्टी गोलको मदतमा बार्सिलोनाले लेगन्समाथि जित हात पारेको छ । र, ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले लेगन्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा व्यहोरेको ४-० गोलको पराकिलो हार व्यहारेपछि बार्सिलोनाले पहिलो जित हात पारेको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले चौथो मिनेटमा नै मेस्सीकै गोलबाट अग्रता लिएको थियो । तर, ७१ औं मिनेटमा लोपेजले बराबरी गोल फर्काए ।

जोर्डी अल्बा र जेरार्ड पिकेको अनुपस्थितिमा बार्सिलोनाको डिफेन्स कमजोर देखिएको थियो । र, रेलिगेशनबाट बच्न संघर्षरत लेगन्सले क्लबको ८९ वर्ष लामो इतिहासमा पहिलो पटक बार्सिलोनालाई हराउने सम्भावना देखाएको थियो ।

उसका नाबिल जाहरको प्रहार बार्सिलोनाका गोलकिपरले दुई पटक असफल पारे । उनको प्रदर्शन निकै उत्कृष्ट थियो । र, निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी भएको छ ।

जितपछि बार्सिलोना २३ खेलबाट ५१ अंंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर रियल मडि्रडको ५२ अंक छ । तर, उसले दुई खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment