Comments Add Comment

१४ संगीतकर्मीलाई नातीकाजी सम्मान

काठमाडौं । संगीतकार नातिकाजी श्रेष्ठको ९२ औं जन्मजयन्तीको अबसरमा १४ संगीतकर्मीलाई नातिकाजी सम्मान प्रदान गरिएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन् ।

कार्यक्रममा भजन शिरोमणी भक्तराज आचार्यलाई २० हजार एक सय एक रुपैयाँ सहित ‘नातिकाजी राष्ट्रिय बिशिष्ट सम्मान-२०७३’ प्रदान गरिएको थियो । सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल र ध्रुबेशचन्द्र रेग्मीलाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान-२०७३ प्रदान गरिन् ।

११ हजार एक सय ११ रुपैयाँ सहितको ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार-२०७३’ गायक रामकृष्ण ढकाल, रमण घिमिरे, टिका भण्डारी, अमुल कार्की ढली, आलोक श्री र गायिका देबिका बन्दना प्रधानलाई प्रदान गरिन् ।

बिदेशमा रहेर पनि नेपाली संगीतमा योगदान पुर्‍याएको भन्दै एनआरएन चीनका डा. कल्याणराज शर्मा, एनआरएन जापानका चिरञ्जिबी थापा र डण्डपाणी कँडेल ‘डि.बि.’लाई नातिकाजी स्मृति समाज योगदान सम्मान-२०७३ प्रदान गरियो ।

राष्ट्रपति भण्डारीले पुरस्कृत श्रष्ठालाई बधाई दिँदै राष्ट्रपति भन्डारीले बिद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नेपाली कला, संगीत, संस्कृतिलाई समेट्नु पर्ने बताइन् ।

नातिकाजी स्मृति समाजका अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएकाले संगीतकर्मीलाई नाजिकाजी स्मृति समाजले सम्मानित तथा पुरस्कृति गरेको बताए ।

कार्यक्रम गायक रामकृष्ण ढकाल र गायिका देविका बन्दना प्रधानले नातिकाजीका गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, सदस्य सचिब गणेश रसिक, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment