Comments Add Comment

सेल्फी प्रेमीहरुका लागि आयो रिमोट कन्ट्रोल सुपर सेल्फी स्टिक

सेल्फी प्रेमीहरुका लागि खुशीको खबर छ । शाओमीले एउटा शानदार सेल्फी स्टिक बजारमा ल्याएको छ ।

यो सेल्फी स्टिक विल्कुलै नयाँ प्रविधि र विशेषताले भरिएको छ । सेल्फी प्रेमीहरुले यसलाई मिठो उपहारका रुपमा ग्रहण गर्नेछन् । सबैभन्दा महत्वपूर्ण विशेषता हो यो ब्लुटुथ रिमोट कन्ट्रोलले चल्छ ।

यो सेल्फी स्टिक किनिसकेपछि तपाईंलाई ट्राइपडको कुनै आवश्यकता पर्दैन । साथै यो स्टिकले टाढाबाट पनि सेउल्फी लिन सकिन्छ । यसलाई मोडेल तपाईं आरामसँग जहाँ पनि लैजान सक्नुहुन्छ । शाओमी सेल्फी स्टिकको वजन मात्र १ सय ५५ ग्राम छ ।

यो सेल्फी स्टिकलाई एन्ड्रोइड ४.३ वा त्यसपछिको भर्सन र आइओएस ५.० वा त्यसपछिको भर्सनका स्मार्टफोनबाट कनेक्ट गर्न सकिन्छ । यो ३६० डिग्रीमा मूभ हुन सक्छ । सेल्फीलाई एन्टी-स्किड डिजाइन दिइएको छ ताकि हातबाट नचिप्लियोस ।

यो स्टिकको मूल्य ८९ चिनीया युआन (करिब १५ सय रुपैयाँ) रहेको छ । हाल यो स्टिक शाओमीको वेवसाइट मी डट कममा उपलब्ध छ । चाँडै नै यसलाई अन्य देशहरुमा पनि लन्च गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment