+
+
Shares

अहिले राज्य आतंक चलेको छ, अधिकार माग्दा जेल जानुपर्छ : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते ११:०१

१० चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राज्य आतंकका कारण जनताले आफ्नो अधिकारका लागि आवाज उठाउनसमेत नपाएको बताए ।

‘अहिले राज्य आतंक चलिरहेको छ, राज्य आतंक सबैभन्दा ठूलो हुन्छ । किनकी उसको हातमा गोली हुन्छ, उसको हातमा कानून हुन्छ, उसको हातमा अदालत हुन्छ । उसले जहाँ पनि हान्न सक्छ’ नेता ठाकुरले भने ।

उनले टीकापुर घटनामा रेशम चौधरी जेल जानु राज्य आतंक भएको जिकिर गरे । ‘लोकतन्त्रमा अधिकार माग्दा जेल जानुपर्ने’ उनले प्रश्न गरे ‘अधिकार माग्दा जेल जानुपर्‍यो भने कुन सिस्टममा अधिकार माग्ने ?’

नेता ठाकुरले सरकारले अतंक मच्चाउदा इनाम र प्रशंसा पाउने तर जनताले अधिकार माग्दा जेल जानुपर्ने, गोली खानुपर्ने अवस्था रहेको बताए । अहिले लोकतन्त्र भए पनि केन्द्रीकृत खालको लोकतन्त्र रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?