Comments Add Comment

आफूलाई वेश्या भन्नेलाई दिशाले दिइन् मुखभरिको जवाफ

हालै आयोजित फिल्म फेयर अवार्डमा बलिउडकी नवअभिनेत्री दिशा पाटनी बक्षस्थल देखिने उत्तेजक पहिरन लगाएर पुगेकी थिइन् । उनले लगाएको डिजाइनर निकोलस जिब्रानको ड्रेस यति बोल्ड थियो कि वरिपरी बस्नेहरुको नजर उनको छातिमा अडिएको थियो ।

दिशाले यही ड्रेस लगाएको आफ्नो तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । सो तस्बिरमा एक जनाले भद्दा कमेन्ट गर्दै लेखेका थिए, ‘यसमा तिमी वेश्या जस्तै देखिएकी छौ । हामीलाई थाहा छ कि तिमीले बक्षस्थल प्रत्यारोपण गरेकी छौ, तर यसलाई सबैको सामु उदांगो बनाएर देखाउनुपर्ने के आवश्यकता थियो ?’

यो कमेन्टबाट दिशा निकै तिल्मिलाइन् । उनले ती व्यक्तिलाई कडा जवाफ फर्काइन् । उनले लेखिन्, ‘धेरै समयदेखि महिलामाथि छेडछाड र बलत्कारको घटनाहरुका विषयमा सुन्दै आएकी छु । हाम्रो देशमा महिलालाई देवीको रुपमा पूजा गरिन्छ । तिमीलाई लाज लाग्नु पर्ने हो । कुनै महिलालाई उसको कपडाअनुसार ज जगर्न निकै सजिलो छ तर तिमी जस्ता मानिसहरु आफ्नो घटिया मानसिकतालाई स्वीकार गर्न सक्दैनौ । तिमी जस्ता मानिसहरु आफैं यस्तो ठाउँमा हेर्न किन बन्द गर्दैनौ जसलाई ढाक्ने सल्लाह दिँदैछौ ?’

उनी अगाडि लेख्छिन्, ‘यो कुरालाई स्वीकार गर कि हामी कोही अरुको सोच अनुसार भारतीय केटी बन्न सक्दैनौ । आप\mनो कुन्ठा अरुमाथि थोपर्न बन्द गर किनकी जब यस्तो तिम्रो परिवारमाथि हुन्छ, त्यतिबेला तिमीलाई पनि नराम्रो लाग्छ । यो पाखण्ड बन्द गर र आफ्नो दिमागलाई खुल्ला छोड ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment