Comments Add Comment

सप्तरीका सुरक्षा अधिकारीले भने- अब यस्तो हुँदैन !

जनतासँग मिलेर अगाडि बढ्ने सामुहिक प्रतिवद्धता

२७ फागुन, सप्तरी, । राजविराज गोलीकाण्डपछि नियुक्ति लिएर जिल्लामा आएका नयाँ सुरक्षा अधिकारीहरुले सप्तरीको शान्ति सुरक्षा र अमनचयनका लागि आफूहरु दिनरात लागिपर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । विगतमा भएकोजस्तो घटना अब सप्तरीमा नदोहोरिने बताउँदै उनीहरुले शान्ति सुरक्षा बहाली गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

फागुन २३ गते मलेठ गाविसमा पाँच जनाको ज्यान जानेगरी भएको गोलीकाण्डपछि पुरानालाई फिर्ता गरिएको ठाउँमा जिम्मेवारी लिएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षकले एकसाथ यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै चारैजना सुरक्षा अधिकारी एवं प्रशासकले मलेठ घटनामा दोषी देखिनेलाई कार्वाही हुने विश्वास समेत दिलाए ।

मलेठ घटनाको तीन दिनपछि जिल्लामा आएका वरिष्ठ प्रहरी उपरीक्षक समेतले अब उप्रान्त यस्ता घटना जिल्लामा दोहारिन नदिने र आफूहरु जनताका लागि काम गर्ने बताए । चारै जनाले भने, “गल्ती गर्ने जुनसुकै व्यक्ति भए पनि कारवाही हुन्छ, तपाईंहरु ढुक्क हुनुस् ।”

सप्तरीका  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, सगरमाथा अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बलराम शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुराग द्वीवेदी र सशस्त्र प्रहरी उपरीक्षक रामधर यादवले जनतासँग मित्रवत व्यवहार गर्दै अघि बढ्ने बताएका छन्

सप्तरीका  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, सगरमाथा अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बलराम शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुराग द्वीवेदी र सशस्त्र प्रहरी उपरीक्षक रामधर यादवले जनतासँग मित्रवत व्यवहार गर्दै अघि बढ्ने बताएका छन् ।

पत्रकारहरुले अहिले पनि तल्लो तहका प्रहरीले मधेसीलाई देख्नेबित्तिकै ‘मोदीको छोरा’ भन्दै हप्काउने गरेको भन्दै प्रहरी जवानहरुबाट दुर्व्यवहार हुने क्रम नरोकिएको जानकारी दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी कटवालले आफूहरु पनि घटनाको अनुसन्धान गरिरहेको बताउँदै सत्यतथ्य बाहिर आउने विश्वास दिलाए । त्यस्तै सुरक्षा प्रमुखहरुले आफ्ना जवानलाई जनतासँग राम्रो व्यवहार गर्न सिकाइने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment