Comments Add Comment

टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित

फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो ।

‘अन्य ल्याबको किट हामी प्रयोग गर्दैनौं । सप्लायर्सले दुई दिनभित्र उपलब्ध गराइदिन्छु भनेको छ,’ उनले भने, ‘किट आएपछि पुनः परीक्षण सुरु गछौं ।’

परीक्षण पनि कम हुने भएकोले एक महिनाअघि किट पनि कम  मगाएको उनले बताए । तर अहिले एक्कासी परीक्षणको चाप बढ्न जाँदा बजारमा यसको अभाव हुन गएको उनको भनाइ छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment