+
+
Shares

पाँचथरमा पनि बढ्दै कोरोना संक्रमित

रासस रासस
२०७८ वैशाख २८ गते १४:०२

२८ वैशाख, पाँचथर । पाँचथरमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमितचको संख्या दिनुहँ बढिरहेको छ । मंगलबार बिहानसम्ममा संक्रमितको संख्या ४७ पुगेको छ ।

सोमबार पाँचथरमा १३ जना नयाँ संक्रमित थपिएका थिए । सदरमुकाम फिदिममा पाँच संक्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

फिदिममा यसअघि भेटिएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।

यता याङवरकमा सोमबार एकै दिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक गाउँपालिका–४ थर्पुमा पाँच र याङवरक–२ फलैंचामा दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैको एन्टिजेन परीक्षण गरिएको हो ।

संक्रमितको संख्या बढेसँगै पाँचथरमा निषेधाज्ञा जारी गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?