Comments Add Comment

फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन अनुमति

२८ वैशाख, काठमाडौं । अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । सो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी र सुरक्षित पनि देखिएको थियो ।

यो उमेर समूहका बालबालिकालाई प्रयोगको अनुमति पाउने यो पहिलो खोप हो । आगामी बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिन सुरु हुन सक्ने समाचारमा उल्लेख छ । अमेरिकाको यो निर्णयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र सामान्यरुपमा विद्यालय सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युवा तथा किशोरहरुलाई छिटोभन्दा छिटो कोरोना खोप उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । अहिले अमेरिकामा १६ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई कोरोना खोप उपलब्ध छ । अहिलेसम्म अमेरिकामा करिब २६ करोड डोज कोरोना खोप दिइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment