शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

बाबुरामजी, उपेन्द्र रोज्ने कि प्रचण्ड ?

नवराज बराल

‘मधेस जागरण अभियान’का क्रममा दशगजा पुगेर मधेसी समुदायबीच अति भावुक हुँदै बाबुरामले भनेका थिए- ‘तपाईँहरुलाई भारतका मान्छे र तपाईँहरुको पक्षमा लाग्यो भनेर मलाई भारतको दलाल भन्ने आरोप लगाइएको छ, यसप्रति म अत्यन्तै दुःखी छु र तपाईँहरुसँग क्षमा माग्न चाहन्छु । तर, तपाईँहरुले मन नदुखाउनुहोला र नेपाली भएकोमा गर्व गर्नुहोला । आˆना बा-आमा खराब भए भनेर अरुलाई बा-आमा मान्न सकिँदैन । जन्मभूमिभन्दा प्यारो स्वर्ग पनि हुँदैन ।’

सो मन्तव्य सुनेपछि सबै भावुक बने । म पनि मञ्चको छेउमै उभिएको थिएँ । अरुजस्तै भएँ । आँखाबाट आँशु रसाउन खोजे । थुक निल्नै गाह्रो भो । उनी पनि बोल्नै सकेनन् । पानी पिउँदै भने-‘सीमानाको रक्षा गर्ने बिनाबर्दीका सिपाही तपाईँहरुलाई मेरो सलाम छ ।’

गड्गडावटपूर्वक ताली बज्न थाल्यो । सहभागीहरु उठेर नारा लगाउन थाले । घाँटीका नशा फुलाउँदै चर्कोसित कराउँदै उनीहरुले भने-‘बाबुराम भट्टराई जिन्दावाद !’

सीमाना पारि सतर्क पोजिशनमा बन्दुक बोकेर भारतीय एसएसबी बसिरहेका थिए । तिनको नजर कार्यक्रमतर्फ देखिन्थ्यो ।

माहोल तात्तियो । मेरो शरीरमा पनि रक्तसञ्चार बढ्यो । जोसले काँडा उम्रन थाल्यो । उत्तिबेलै खुशीले फुलेजस्तो लाग्यो । मधेसीप्रति सम्मान भाव पैदा भयो । बाबुरामलाई मनमनै सलाम ठोकेँ ।

सहभागी सबैले एकोहोरो उनैलाई हेरिरहे मानौँ, बाबुराम ठूलो तपस्यापछि प्रकट भएका भगवान् हुन् । सीमानापारि हेर्दै सहभागीले नेपालको पक्षमा धेरै बेरसम्म जोडले नारा लगाइरहे । त्यसपछि मात्रै मैले निष्कर्ष निकालेँ-बाबुराम वास्तवमै राष्ट्रवादी रहेछन् ।

बिहान ६ बजेदेखि राति २ बजेसम्म उनी व्यस्त बन्थे । दैनिक दर्जनौँ कार्यक्रमलाई सम्बोधन गर्थे । मधेसीलाई भड्कायो पनि भनियो तर, उनले जहाँ बोले राष्ट्रकै पक्षमा बोले । जसलाई भेटे, समृद्ध नेपालकै सपना देखाए ।

अहिले पनि उनी दौडधुपमै छन् । नयाँ शक्ति पार्टी, नेपालका जुनसुकै स्तरका कार्यक्रममा आफैँ पुग्नुपर्ने बाध्यता छ उनलाई । उनले शव्द नमिलाई पार्टीको विज्ञप्तिसमेत तयार हुँदैन । विचार निर्माणदेखि व्यक्तिगत अन्तरविरोध हल गर्नेस्तरसम्म उनी एक्लै छन् ।

उनीपछि आशालाग्दो र स्थापित नेता देखिँदैन । त्यसैले पनि होला, विभिन्न पार्टीसँग ध्रुवीकरण अभियान चलाउँदैछन् । स-साना धेरै पार्टीसँग एकता पनि गरे । तर, आजसम्मको धु्रवीकरणले पार्टीको आकार वृद्धिमा खासै भूमिका खेलेको देखिन्न । तसर्थ, पछिल्ला दिनहरुमा उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गर्ने सुरमा रहेको चर्चा सुनिन्छ ।

नयाँ शक्तिको एजेण्डा -आर्थिक समृद्धि)को लागि ठूलो शक्ति चाहिन्छ । बाबुराम र दुई, चार हजार कार्यकर्ताले मात्रै मुलुक समृद्ध बन्न सक्दैन । सोको लागि सयौँ कुशल नेता र लाखौँ सचेत कार्यकर्ता चाहिन्छ । तबमात्रै, एजेण्डामा जनता आउँछन् र नयाँ नेपाल निर्माण गर्न सकिन्छ ।

तर, नेपालको आधा हिस्सा जनसंख्या मध्यमवर्ग छ । यो वर्गमा अवसरवादी चरित्र हुन्छ । उनीहरु शक्तिको पछाडि नै लाग्छन् । कांग्रेस-एमाले ठूलो शक्ति हुनुको कारण पनि यही हो । एजेण्डा राम्रो भएर होइन ।

नेपाली समाजमा यति धेरै राजनीतिकरण भइसक्यो कि, घर-घरका सदस्य समेत कुनै न कुनै पार्टीमा संगठित छन् । स्वतन्त्र र स्वच्छ छवि भएका स्थापित व्यक्ति पाउनै मुस्किल छ । श्रीमान्-श्रीमतीदेखि मेलापातासम्म पनि राजनीति पुगेको छ । त्यसैले, रातारात नयाँ शक्तिको पक्षमा माहोल बन्ने र पार्टीले छलाङ मार्ने अवस्था छैन । शक्ति आर्जन गर्न शक्तिमा रहेका कुनै न कुनै पार्टीसँग एकता गर्नैपर्छ । कुनसँग गर्ने ? प्रश्न यो हो ।

कांग्रेस-एमालेसँग ? अहँ, हुँदैन । किनकि, कांग्रेस-एमाले आफैँमा यो संसदको सबैभन्दा ठूला पार्टी हुन् । तिनले नयाँ शक्तिसँग एकता गर्नुपर्ने आवश्यकता नै ठान्दैनन् । ती दलसँग नयाँ शक्तिको एजेण्डा पनि मिल्दैन । बाँकी रहे-माओवादी र मधेसवादी ।

मधेसका पनि अन्य दल बढी नै साम्प्रदायिक र उपभोगवादी छन् । ती पार्टीका नेता पद पाए पार्टीमा बस्छन्, नत्र अर्कै पार्टी खोल्छन् । घरघरैजसो पार्टी बनेका छन् । तीसँग एकता गर्नु भनेको रोग सार्नु मात्रै हो । साना पार्टीसँगको एकताले राष्ट्रिय स्तरमा खास प्रभाव पनि पार्दैन ।

नेता र प्रभावको दृष्टिले संघीय समाजवादी फोरमसँगको एकता तुलनात्मक रुपमा सम्भावना र अर्थपूर्ण छ । फोरमका अध्यक्ष उपेन्द्र यादव मधेसका अरु नेताभन्दा कम विवादित र धेरै प्रभावशाली पनि छन् ।

तर, उपेन्द्रलाई नयाँ शक्तिका अहिलेका नेता तथा कार्यकर्ताले सजिलै स्वीकार्ने स्थिति छैन । किनकि, पार्टीको प्रदेश र जिल्लाको नेतृत्वमा अधिकांश पूर्व एमाओवादीकै नेता छन् । एमाले हुँदै माओवादीमा आएका र छोडेर मधेसमा छुट्टै पार्टी खोलेका नेता उपेन्द्रप्रति उनीहरु सकरात्मक छैनन् । गौर हत्याकाण्ड, भारतप्रतिको रुझान र पहाडमा शुन्य प्रभावका कारण उनी सर्वमान्य हुनै सक्दैनन् । झन्, पदीय किचलो बढ्दै गएर माओवादी पृष्ठभूमिबाट आएकाहरु फेरि पुरानै पार्टीतिर र्फकने वा पलायन हुने सम्भावना रहन्छ ।

त्यसैले, नयाँ शक्तिको पृष्ठभूमि, एजेण्डा र दृष्टिकोणका आधारमा पार्टी एकताका लागि उपयुक्त शक्ति हो-माओवादी । माओवादीमध्ये पनि मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको छुट्टाछुट्टै पार्टीसँग तत्कालै एकताको सम्भावना छैन ।

यो निश्चित छ कि, माओवादी नाम नै नरुचाउने विप्लव पनि एकताको निम्ति ढिलो-चाँडो लतारिएरै आउँछन् । त्यसैले बाबुरामलाई सुझाब छ- फोरम होइन, माओवादीसँग एकता गर्नुस् । उपेन्द्र होइन, प्रचण्ड नै रोज्नुस् । किनकि, पुराना प्रभावशाली पार्टीमध्येको नयाँ र प्रगतिशिल पार्टी माओवादी केन्द्र नै हो ।

माओवादीका तल्लो स्तरका नेता तथा कार्यकर्ता सबै खराब छैनन् । पार्टी बिगारेकै दोस्रो तहका ‘हनुमान नेता’ले हो । यद्यपि, केही भ्रष्ट र अपारदर्शी छन् । तर, यो सबै पार्टीको साझा समस्या हो । नयाँ शक्तिमा पनि सबै दूधले नुहाएका छैनन् । ‘हाम्रो राम्रो’ नै नेपालीको ठूलो कमजोरी हो । खराबलाई सजायँ र सज्जनलाई सम्मान गर्न सके माओवादीसहितको शक्तिले समृद्ध नेपाल निर्माणमा गुणात्मक फड्को मार्न सक्छ ।

नेतृत्व क्षमता र दृष्टिकोणका आधारमा पनि प्रचण्डसँग उपेन्द्रको तुलनै हुन सक्दैन । उपेन्द्र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीका एक कार्यकर्ता हुन् । उनीमाथि भगौडाको आरोप पनि छ । गणतन्त्र प्राप्तिका लागि वलिदानीपूर्ण संघर्षको पनि चरम उत्कर्षमा मैदान छोडेर भाग्ने धोकेवाज मानिन्छन् । भोलिका दिनमा पनि धोका नहुनेमा विश्वस्त हुने अवस्था छैन ।

यद्यपि, प्रचण्ड पनि दूधले नुहाएका नेता होइनन् । उनका पनि धेरै सीमा र कमजोरी छन् । तर, उनी कमजोरी स्वीकार्ने र प्रगतिवादी कदम चाल्न सक्ने आँट पनि भएका नेता हुन् । पूर्वाग्रह नराखी बोल्ने जो कोहि व्यक्तिले भन्छ-प्रचण्ड युग पुरुष हुन् ।

एउटै पार्टीमा हुँदा स्वयं बाबुरामले नै भन्थे-‘प्रचण्ड, हामी नेताको पनि नेता हो ।’ मोहन वैद्यले त प्रचण्डको गुणगाण गाउँदै धेरै नै किताब समेत लेखेका छन् । तर, शान्तिप्रक्रियामा आएको केही बर्षपछि नेताहरुमा किन यस्तो खाडल पर्‍यो ? उत्तर सजिलो छैन । आफैँ बिगि्रए वा कसैले बिगारे ? आफैँ फुटे वा कसैले फुटाए ? सत्य बोलका हुन् वा आरोप लगाएका हुन् ? प्रश्न सर्वत्र छन् ।

नेताहरुले यो बुझ्नैपर्छ कि, हाम्रो मुलुकमा एजेण्डाका आधारमा शक्ति आर्जन हुँदैन । शक्ति आर्जन गरेर मात्रै एजेण्डा लागु हुँदो रहेछ भन्ने उदाहरण ऐतिहासिक जनयुद्ध नै काफि छ । किनकी, गणतन्त्र त आखिर चाहिएकै रहेछ Û आयो । तर, गणतन्त्रको माग गर्ने हजारौँले जीवन गुमाउनुपर्‍यो । बेपत्ता बन्नुपर्‍यो । अंगभङ्ग हुनुपर्‍यो । जेलनेल खानुपर्‍यो । यातना भोग्नुपर्‍यो ।

बाबुरामले एमाओवादी पार्टी छोड्नेबेला नै भनेका थिए-‘इतिहासमा बाली लाउने एउटा हुन्छ र भित्र्याउने अर्कै पनि हुन सक्छ ।’

मुलुकमा उनले भनैजस्तो भएको छ । परिवर्तनको बाली माओवादीले लगायो तर, भित्र्याउन कांग्रेस, एमाले आइपुगे । हुँदाहुँदै कमल थापाले समेत गणतन्त्र राप्रपाले ल्याएको हो भन्लान्जस्तो भईसक्यो ।

तसर्थ, निर्ममतापूर्वक समीक्षा गर्नैपर्छ । एकबिना अर्को नेताको र कार्यकर्ताको पनि भविष्य छैन । प्रचण्ड र बाबुरामको एकता अपरिहार्य आवश्यकता बन्दै गएको छ । होइनभने, वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलव्धि गुम्ने र संघर्ष नै वाईयात ठहरिन सक्छ ।

नेता भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’को बिमोचन कार्यक्रममा प्रचण्डले भनेका थिए-‘बाबुराम र मलाई पनि नजिककाले बिगारेनन् भने हामी छिट्टै एक ठाउँमा हुन्छौँ । हामी एकको महत्व अर्कोलाई राम्रोसँग थाहा छ ।’ उनको यो अभिव्यक्तिले बाबुरामको अभाव खडि्एको पुष्टि हुन्छ ।

जनयुद्ध प्रचण्ड, वैद्य र बाबुरामको सामुहिक नेतृत्वबाट मात्रै सम्पन्न भएको हो । गणतन्त्र, संघीयता, समावेशी-समानुपातिकलगायतका महत्वपूर्ण एजेण्डा जनयुद्धकै महत्वपूर्ण र ऐतिहासिक उपलव्धि हुन् । तर, तिनै नेता अहिले फरक-फरक हुनु दुखद कुरा हो । यसले क्रान्तिकारी जमातलाई चिमोटिरहेको छ । तसर्थ, पूर्वमाओवादी एकै ठाउँमा आउनुपर्छ ।

माओवादी कार्यकर्ताका लागि प्रचण्ड र बाबुराम आमा र बाजस्तै हुन् । आमासँग रीस उठे बातिर । बासँग उठे आमातिर । तर, भित्री मनमा भने माया दुवैको हुन्छ । अहिले जुनसुकै तरिकाले जुनसुकै पार्टीमा भए पनि जनयुद्धबाट आएको समूहले प्रचण्ड, बाबुराम, वैद्य र विप्लव सबैलाई उत्तिकै नजिक देख्छन् । यद्यपि, राजनीतिमा भावना सहायक बन्छ । तर, नजिक बनाउने पनि भावनाले नै हो ।

प्रगतिशील शक्तिहरु फुट्दै र पुरातनवादी शक्ति जुट्दै जाने संकेत राम्रो होइन । इतिहास बलियोको पक्षधर हुन्छ । देशलाई चाहिएको समृद्धि नै हो । तसर्थ, नयाँ शक्ति पार्टी र माओवादी केन्द्र एकता गरौँ । नयाँ शक्ति केन्द्र बनाऔँ ।

२०७३ चैत ६ गते १८:०९ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१६ प्रतिकृयाहरू प्राप्त
  • Gyan bahadur Namjali लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १८:५१

    मलाई त खाॅखैरसायो
    Thanks

    12
    4
    Share

  • Rawal gokarna लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १८:५४

    Kuro sai ho but k garna ani huru mandina

    10
    2
    Share

  • Arjun लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २०:४४

    Yesto wahiyat lekhna laj lagnu parne ho tapai lai mitra. Dress herda radtrabadi dekhinu huncha. Kura garnu huncha dalal Haru Ko .

    3
    4
    Share

  • Bhim Gurung, Pokhara. लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २१:०१

    Maobadi ko lagi 12 bude samajhdari nai durbhagyo thiyo.
    Ki siddhyauchhu, ki afai siddhinchhu bhanne course ko sath maidanma utrekahru – Ki siddhyaunu saknu parthyo, ki afai siddhinu parthyo. But Course pura nabhayeko hunale ahile dhobi ko……

    4
    1
    Share

  • Nimananda लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते २२:५२

    This is a wonderful analysis please share it by all progressive and revolutionary forces only Maoist parties are the forcestimator for transformation of Nepal. All Nepalese need to understand the reality, Maoist will never run away being selfish motive

    6
    1
    Share

  • baburam rai लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ३:०८

    100% sahi

    4
    1
    Share

  • Kanchha shresths लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ८:४४

    This article has represented feelings, hope and expections of all real activists of former Unified Maoist party. Commrade Prachanda and Bhattarai both should respect the feelings of their follower.

    5
    1
    Share

  • keshab magar लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १०:०२

    वास्तबिकत हो
    बिकल्प आरु छैन

    4
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:०४

    Both are shame, Hathi and Hathi Chhap Chappal.
    But my question whether you are with Chitra Bahadur KC or these two (Upedra and Prachanda)????????

    0
    0
    Share

  • dharmarajsharma लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:४३

    ekdam sahi chha

    1
    0
    Share

  • bikram ghale लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १८:३६

    ramro analysis ho. I respect u for ur feelings.

    1
    0
    Share

  • Man Thapa लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २२:१५

    Dr. Baburamji ra comrade Prachandaji milunuko bikalpa chhaina.

    1
    0
    Share

  • danbahadur bhandari लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १९:५७

    अासु नै थाम्न सकियन

    1
    0
    Share

  • Ganga maharjan लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते ८:४७

    Sabai karyakartako dabab pugyo bhane yakata huna badhya hunx ra yakata hunu jaruri pain xa. haina bhane mawobadi parti ko bhabise xaina nata Baburam ji konai.

    1
    0
    Share

  • Prakash Man Shrestha लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १६:४७

    100% true fact.

    1
    0
    Share

  • lama लेख्नुहुन्छ    |   २०७३ चैत १५ गते १५:२७

    एक दम शही विष्लेषण

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this