शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, उपप्रधानमन्त्री आफैं धर्नामा बसे (भिडियोसहित)

अनलाइनखबर

७ चैत, काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपपछि उपप्रधानमन्त्री समेत रहेका कमल थापा आफैं धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।

शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो । त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने योजना थियो ।

तर, भिड प्रहरीलाई धकेन्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।

झडपका कारण कान्तिपथ क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । राप्रपाका नेता कार्यकर्ताले टायर बाल्दै सडकमै बसेर नाराबाजी समेत गरेका थिए ।

धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयंम सहभागी भएका थिए । धर्नापछि राप्रपा नेताहरुले आयोगमा ज्ञापन पत्र बुझाएका छन्, जसमा आयोगको निर्णय संविधान विपरित भएको भन्दै सच्याउन माग गरिएको छ ।

तस्वीर: श्रीधर पौडेल र कविन अधिकारी/अनलाइनखबर

२०७३ चैत ७ गते १८:३६ मा प्रकाशित (२०७३ चैत ८ गते ८:३२मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३१ प्रतिकृयाहरू प्राप्त
  • visnu gm लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १४:००

    aafu pani hascha aarulai pani hasaucha. good job.

    43
    6
    Share

  • Jay Darlami लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १४:२१

    Ab Grihamantri Nidhile raprapako ris okalnu surugarisakeko
    abastha jasto dekhinxa aafulai 2and sthan ma narakhera Mantri Thapa lai rakhekoma ghor aapatti lagayet ka kuraharulai yesmai nikalne bhyo!!

    33
    14
    Share

  • Dawa sherpa लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १४:३९

    हिन्दु राज्य भयो भने चाहिं जनताले के पाउछ ? कमल थापालाई धर्-कर्म गर्न यो संविधानले कहाँनेर रोकेको छ !!! हिन्दु धर्मलाई पहिले पनि राज्यले संरक्षण गरेकै हो,अहिले पनि राज्यले संरक्षण गरेकै छन् अरु के चाहियो फेरी ? बरु राज्यले काखा र पाखा गरेकोले हिन्दु बाहेकको अरु धर्मलाम्बिले चाही आन्दोलन गर्दा जायज हुन्छ | सय थरी धर्मालम्बी र जात भएको देशमा एउटा मात्र धर्मलम्बिको राज चल्नुपर्छ भन्ने ? यस्तो कुरा पनि समाजलाई पच्ने कुरा हो ?

    113
    221
    Share

  • Karna लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १४:५५

    सरकारमा रहेको पार्टीले सडकमा विरोध प्रदर्शन कस्तो अचम्म !
    जनताले सरकारसँग माग राखेर प्रदर्शन गर्थे उहिले, अबको नेपालमा सरकारले सडकमा माग राखेर प्रदर्शन गरेपछि जनताले माग पूरा गरिदिनु पर्ने होला ?

    97
    4
    Share

  • AD लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:१४

    नेपाल धर्म निरपेक्ष राष्ट्र हाे यसले देशमा भएका सम्पूण धर्म समान हुन भनेका हुन अब यि धर्मकाे नाममा राजनिति गरेर खानेले याे देशमा के गर्न खाेजेकाे यस्का नेता भनाैदाहरू गणतन्त्र नेपालकाे सम्विधानकाे सपथ खाएर मन्त्री बन्ने अनि जनतालाइ धर्मकाे नाममा लड्न लगाउने तिमीहरूलाइ हिन्दु धर्म मान्न कसले राेकेकाे छ र अब राजा नै चाहिन्छ भने जाउ तिमीहरूले मानेका ट्यापे राजा छदैछ तिमीहरू तिनै धतुरेलाइ राजा मान तिमीहरूले मान्दैमा सम्पूणा देश र जनताले मान्नु पर्छ भन्ने छैन ।

    4
    13
    Share

  • भरत प्रशाद नेपाल, नक्साल, काठमाडौं लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:२२

    मिस्तर दावा शेर्पा तिमी जस्ता बिदेशी हुन्दी खाइ पोप्को खुता चात्ने दलाल्ले ९३ प्रतिशत हिन्दू भयको देशमा के हिन्दूलाई गाली गर्छौ ? नेपालका क्रिशीनहरु सबै कुइरेको तलुवा चात्ने जस्ता हिन्दूहरु होइन मुलाको साग !

    16
    5
    Share

  • हरि श्रेष्ठ लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:३३

    ८०% भन्दा माथि हिन्दूहरुको बर्चस्व रहेको देश कसरी धर्म निर्पक्ष देश हुन सक्छ ? यो भन्दा ठुलो धोका के हुन सक्छ र ? जसको कारण नेपाली समाजमा ठुलो बिकृती आईसकेको छ । यस्तो संबेदनशिल बिषय राजनितिक एजेण्दाको रुपमा किन उठाउन नपाउने ? यो बिबादित बिषय चुनबाट नै समाधान गर्नु पर्छ । यस बिषयमा निर्वाचन आयोगले बोल्न हुँदैन थियो ।

    17
    5
    Share

  • राकेश कुमार शाह लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:३६

    राप्रपा पार्टी को कार्यक्रता माथी असुग्यास प्राहर गरेको आन्दोलनमा तराई मधेसमा आएरा नेपाल सरकारले गोलि चलाउने आदेश दिन्छ तराईमा ? तराईमा दमन गर्को होइना के नेपाल सरकार को र मधेसी जनता बिच दमन गरेको होइना चोर छ नेपाल सरकार ले

    5
    4
    Share

  • JASTA LAI TYASTAI लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:३७

    oho YASTO PO…..TAR KHAI GAANTHE YAHA TA AANDOLANKARI LE DHUNGA HANDA TEAR GAS MATRAI SHOOT GARIYO ….GOLI TA CHALEN…CHALOS PANI KASARI,YO AANDOLAN NA TARAI MA VAKO HO NA MADHESI LE GAREKO XA…….

    JAI HO RASTRABADI POLICE

    PRAHARI MERO SAATHI
    GOLI HAANAU KAMAR MAATHI…..

    1
    3
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:३९

    Aafai sarkar ma ani afai andolan ma kasto ho raprapa pani andolan nai garne bhae sarkar bata bahir aayer garepo naitikta nabhaeko parti ra neta.

    0
    3
    Share

  • NIRAJ लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:५१

    aadharneyea उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापा jeu… Aba ramro kaam thalnu vayeaxa badhai xa hai… DHARNA GAREYRA BIKASH HUNE ROIXA HAI… JAY HOS YO DHARNA KO. ANI CHEESO SARAI VAYEA JUSTO XA NI, JHANDA MAI BASIDENE???? YESARI BASNA NI MIDO ROIXA HAI JHANDA MA, MALAI TA TAHA NAI THYEANA????

    1
    2
    Share

  • Rambandhu Acharya लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १६:०७

    सरकारमा बसेर संवैधानिक निकायको निर्णय विरुध्द विरोधको शैली पूर्णतया अप्रजातान्त्रिक देखिन्छ । तुरुन्त सरकारबाट राजिनामा दिइ निर्वाचन आयोगको निर्णय विरुध्द कानूनी उपचारको लागि अदालतको ढोका ढकढकाउनु पर्छ । हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दाले देशको उँभो लाग्दैन, बरु देश अझ बढी भारतपरस्त भइन्छ ।
    हिजो हिन्दु राष्ट्र र राजतन्त्र थियो जसको कारणले देश एकपक्षीय र परिवारवादमा गयो भन्दै सयौ ब्यक्तिको बलिदानीले लोकतन्त्र अाएको बिर्सनु हुन्न । अबको मुद्दा भनेको तीब्र अार्थिक बृध्दि हो । त्यसैमा बहश चलाउनु उपयुक्त हुन्छ ।

    2
    2
    Share

  • JASTA LAI TYASTAI लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १६:१७

    YE BALLA KURO BUJHIYO…..YO ONLINEKHABAR PANI KTM KAI RAHEXA ANUHAR N JAAT HERE PAXI MATRAI COMMENT POST GAR DINE RAHEXA …..
    GAJAB KO XA YO BHUTANI SARNARTHI N DARJEELINGE GHUSPAITHIYA KO DESH….
    DHANYABAAD

    1
    2
    Share

  • ABConline लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १६:२७

    Time Time ka baat hai: Earlier, these rajabadis used to smash multiparty wallahs now they are at the receiving end. Gyane must be watching with amusement. Thok, Thok sale harule, hizo ko badala linu parxa.

    0
    2
    Share

  • devraj लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १६:३१

    Kati Hasnu hau. bahalwala grihamntri nai dharnama??? aaba police le dharna ma lathi barsauna wa nabarsauna tei dharna ma baseko grrihamantri ko aades wait garnu bahek bikalpa xina. ha ha ha nepal ko neta ra rajniti… thuikkka!! Kahi navayeko jatra hadigauma. bidesi le dekhada kati samma ko kuri kuri hami nepali lai.

    0
    1
    Share

  • bhumiputra लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १६:५३

    bharat le aafu lai hindustan bhanda garva garxa pakistan le aafulai pakistan bhanda garva garxa america baibal xoyara sapath khanxa uAE muslim ma garva garxa Nepal Hindu Rastra Huda kin Tauko dukhai Ke hindu rastra huda muslim le nawas padhana payeka thiyanan?, baibal padhan roka lagayeko thiyo? baru hindurastra hudananai sabai dharma samudaya milera baseko thiya waiyata kura garera basne?raja ko kura sangajantako chaso xaina tara Hindu rastra anibarya chahinxa janmatasangarha baheka yo kura maarko bikalpa xaina yo bisaya ma partekxe janta lai nirnaya garaunu parxa natra paxutaunu parla???????????????????????

    1
    1
    Share

  • bhagawan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:००

    GOLI HANE NI HUNCHHA SARAKAR CHORA SADAI ANDOLANA MATARA GARIRA HUNCHHA BATIKO CHHORA HARU HENDU RASTA BAYARA , KAMALA THAPA CHHATO GYANE KO KATU ….

    1
    1
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:१४

    हा हा हा ! यो हो नि काइदा आफ्नै सरकारको बिरोद आफैले l उप-प्रधानमन्त्रि श्री कमल थापा मोहद्यबाट कम से कम यो पाठ चै सिक्न पर्छ l “आफै धामी आफै … के को भन्छ ………………

    2
    3
    Share

  • suresh लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:३८

    From Wikipedia, the free encyclopedia
    Hinduism is a religion, or a way of life,[note 1] found most notably in India and Nepal. Hinduism has been called the oldest religion in the world,[note 2] and some practitioners and scholars refer to it as Sanātana Dharma, “the eternal law,” or the “eternal way,”[4] beyond human origins. ।।। चेतनाकाे खांचाे छ नेपाली मा ।।। बिनाष अावश्यक छ ।।।

    1
    2
    Share

  • Chandan लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १९:५०

    Sab chunab ka lagi ho kahi ta ajanda chiyo Hindu rastra ko name ma pahila vote liyo affi sarkar ma base ra gare na aba fari chunab ayo… kahi ta garnu paryo…. Terai v ko va goli chal thio…

    1
    1
    Share

  • Yashodha लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २०:३१

    Nirwachan ayog Le kasai ko bidhan sabhidhan ko bhawana anuroop vayena vannu yei sambhidan Le surakshit gareko swontantrata ko Adhikar ko ullanghan ho.
    Loktantra ko bisesta vannu nai farak bichar ra aastha vayeko byakti ra party lai thau dinu ho. Nisedh ko rajniti nepal ko heet ma chaina.
    Sabhidhan lai swikar nai garna nasakeko madhesi party lai Chunab ko lagi fakauna agaraha Garne nirwachan aayog Le aru ko bidhan prati rakheko aapati dukhad kura ho.

    1
    1
    Share

  • rum thapa लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २१:००

    कमल थापा ज्यु हिस्स दाँत खिस्स बुढी भनेको यहि हो

    0
    2
    Share

  • जीवनकुमार शाक्य लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २२:०२

    विश्वमा कहिँ नभाको जात्रा नेपालमा । सम्बिधान विपरित बिधानमा उल्लेख गरेर सँघिय गणतन्त्र नेपालको उपप्रधान मन्त्री भएर सरकारकै विरुद्धमा आन्दोलन गरेपछि लाठीको चोट खाएको लाई बेठिक पनि कसरी भन्ने । आफै बोक्सी आफै धामी भएन र ।

    0
    0
    Share

  • Kismat लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १:१८

    4 jaat 36 barna ko fulbari ho vanera chinayeko desh nepalma hindu rashtra kasari hunxa?yo hudai hudaina.swatantra rastra hunu parxa.yasta dalharuko netalai khor vitra thunera rakhnu parxa

    0
    0
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १:५६

    Hindus have right to have Hindu religion but not suitable demand or appropriate demonstration to make Nepal a Hindu state again. Because Nepal is made of several religions. All people who live in Nepal are Nepalese not only Hindu!!!

    We had a good experience of being Hindu for few centuries. We had to write Hindu in our passports and citizenship if not we were not able to get these documents.

    Hindu religions made touchable and untouchable which made former lower cast people more poor and low morale which is against human right and against humanity.

    These demonstrators still want to become a superior cast one. Artists like Rekha Thapa and Komal Oli and Saroj Khanal want to maintain Nepal as Hindu state, will all people watch your movies and programmes???

    In fact Nepal should be Buddhist state because lord Buddha was born in Nepal. Do you have this sense and fair and unfair if you are true Nepalese? Buddhist is third biggest religion in the world. Do you know it?

    Where do we go and live Buddhists, Christians, Kirats, Muslims and other unfamiliar religions???

    We all must think and have only one religion which is Nepal and Nepalese.

    0
    0
    Share

  • AKHILESH KUMAR YADAV लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ६:४८

    aakhirma ke gardaixcha yo raprapa dalharule ek ta madhesi haruko mangalai nai sambodhan gari rahe xcha ke ho yo raprapa dalko bixchar kaha gayo kamal thapako rastra wadko bixchar aakhirma iniharule ta pahadi madhesi ko feeling gardaixcha

    0
    0
    Share

  • raj kumar thapa लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ७:१३

    ganatantrabadi le ta lathi khayekai thiye, yo chandra surya ankit jhanda bhayeko deshma rajtantrabadi le pani lathi ko swad chakhna paune samaye aye6. k aba ganatntra sansthagat bhekai ho ta!

    0
    0
    Share

  • bikash लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ८:०७

    jhanda ma baesera ansan baseko neta haru?????????

    0
    0
    Share

  • टार्जन कुँवर लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १०:०७

    संघियता नै खारेज भए हुन्थ्यो । यो नाना थरी जातीय विभेद र देश टुक्राउने र पाहाडी र मधेशी भनेर देशका भनौदा नेताहरुले राजनिती गरेर आम नेपालीलाई आँखामा छारो हालिरहेको छ। गाउँमा आजकाल बुढापाकाहरु ले बरु राणाशासन र पञ्‍चायत नै ठिक थियो । यो देशमा एकतन्त्र शासन नै ठिक । अहिले त सबैजना राजा भएको देख्दा दिक्‍क लाग्छ । धेरै नै छाडातन्त्र भो यो देशमा भन्दै गरेको कुरा सुने । आखिर किन यी नेताहरुले जनताले नचाहेको मागलाई जबरजस्ती लादेर धर्म / जात / मधेश / पाहाडी भनेर राजनिती गरिरहेका छन् । आखिर किन ? आखिर किन? के हामी आम नेपाली गधालाई जति भारी बोकाए पनि चुप भने जस्तै नेताहरुले हेपेर यस्तो गरेको हो की ? कि नेपाली नेपालीमा एकता कमजोर भएर यस्तो भएको हो की ? के यो देश यस्तै नेताहरुले गर्दा भुमरीमा सधै परिरहने हो त ? दोष नेताको होइन । यसमा नेताको केही दोष देख्दिन । हामी नेपाली जनताहरुको कमजोरीको कारण यस्तो भएको भन्‍छु म त । त्यसैले सबै आम नेपाली दाजु भाइ दिदी बहीनी आमा बुवा हरुमा प्रश्‍न छ ?

    0
    0
    Share

  • opj लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ११:१८

    Pahad ko janta le flower falera aandolan gardai xa ani trai ko janta le police mathi dunga hanera aandolan garxa yehi karan le pahad ma aasu gas ani lathi charge garxa ani trai ko janta mathi tauko ani xati ma goli thokxa kati bivedh hunxa yesai bata thaha hunxa

    0
    0
    Share

  • sujit sah saptary लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १५:१०

    desh ma dherai ashanti bhayo aba janta le nai shanti ko bikalpa khojnuparyo

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this