+
+
Shares

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको  हो ।

रासस रासस
२०८३ भदौ ६ गते १४:१८

६ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको  हो ।

गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।

साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ ।

गत आवको साउनमा भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?