News Summary
Generated by OK AI. Editorially reviewed.- स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै शनिबार काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ।
- प्रदर्शनकारीले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानून लागू गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
- बारा जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेपछि देशव्यापी विरोध भइरहेको छ।
६ भदौ, काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ ।
उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै स्वतन्त्र आमा नेपाल नामक संस्थाको अगुवाईमा शनिबार प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधबिरुद्ध कडा कानुन लागू गर्न माग गरेका छन् ।
उनीहरुले वलत्कारी र हत्यारालाई कडा कानूनी कारवाही गर, पीडितलाई न्याय दे लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दैै नारावाजी गरेका थिए ।
बारा जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेपछि देशव्यापी विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4