Comments Add Comment

धनगढी प्रिमियर लिगको खेलतालिका सार्वजनिक

८ चैत, काठमाडौं । आसन्न धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको टार्इसीट सार्वजनिक गरिएको छ । ६ टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार सार्वजनिक गरिएको ड्र अनुसार प्रतियोगिताको उदघाटनको दिन चैत २७ गते नेपाल ११ र धनगढी ११ बीच प्रवर्धनात्मक खेल खेलाइनेछ ।

औपचारिक खेलहरु बैशाख २८ गतेबाट सुरु हुनेछ । पहिलो औपचारिक खेल सिवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ ।

२०७४ बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् ।

लिग चरणमा सहभागी ६ टोलीहरुले एकले अर्कासँग खेल्नेछन् । लिगचरणमा १५ खेल हुनेछ ।

लिगको शीर्ष चार टोली नकआउट चरणमा पुग्नेछ । लिगमा पहिलो र दोस्रो स्थानमा हुने टोलीबीचको बिजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले तेस्रो र चौथो स्थानका टोलीहरुबीचको बिजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेञ्जर्स, कञ्चनपुर आइकोनिक, बिराटनगर किंस र धनगढी टिम चौराहाको सहभागिता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment