Comments Add Comment

अब सँगै सेल्फी खिच्न तथा फेसबुकमा लाइक-कमेन्ट गर्न समेत भाडामा पार्टनर पाइने


जापानमा एउटा कम्पनीले भाडाका ब्वाइफ्रेण्ड तथा भाडाका गर्लफ्रेण्ड उपलब्ध गराउन थालेको समाचार केही समयअघि आएको थियो । अब गर्लफ्रेण्डतथा ब्वायफ्रेण्ड मात्र होइन सेल्फीमा आफुसँगै थुतुनको चुुच्चो पारेर साखुुल्ले बनिदिने साथी समेत भाडामा पाइने भएको छ ।

हो, एक जापानी कम्पनीले एक्लोपनाका सिकार बनिरहेका मानिसहरुका लागि सेल्फीमा साथ दिने पार्टनर भाडामा दिने पहल सुरु गरेको छ ।

यतिमात्र होइन यदि तपाइँ आफ्नो पूर्व पार्टनरलाई इर्ष्या लाग्ने गरी सेल्फी खिच्न चाहनुहुन्छ भने पनि तपाइँसामु विकल्प हुनेछ । तपाइँ भाडाका पार्टनरसँग ह्यांगआउट गरी देखाएर भुपुुलाई इष्र्या लाग्ने वातावरण बनाउन सक्नुहुनेछ ।

भाडामा सेल्फी पार्टनर प्रदान गर्ने उक्त अनलाइन कम्पनीबाट प्राप्त पार्टनरले केवल तपाइँसँग फेसबुक जस्ता माध्यममा ट्याग गर्नेमात्र होइन तपाइँको पूरै प्रोफाइललाई लाइक, कमेन्ट आदिले सजाइदिनेछन् ।

त्यस्ता भाडाका पार्टनरलाई लिएर तपाइँ घुमफिरको आनन्द पनि लिन सक्नुहुनेछ । अनि तपाइँको ठाउँ, आवश्यकता र भ्रमणका आधारमा तपाइँले तिर्नुपर्ने रकम तय हुनेछ ।

एक रिपोर्ट अनुसार जो मानिस दिनमा दुुई घण्टाभन्दा धेरै सोसल मिडियामा रहन्छ ऊ अरुभन्दा धेरै एकलकाटे तथा निरास बनेको हुन्छ । सोसल मिडियामा आफुलाई अरु साथीहरुसँग जोडिरहने क्षमता नभएको मानिसलाई भाडाका पार्टनरले दुनियाभर जोड्नेछ र त्यसले एकलो र निरास महसुस गरिरहेको मानिस फुरुंग हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment