Comments Add Comment

तातोपानी नाका खुलाउने चीनको आश्वासन

११ चैत, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चीनका रक्षामन्त्रीले चान वानक्वानले आज गृहमन्त्री बिमलेन्द्र निधिसँगको भेटमा भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्न पहल गर्ने आश्वासन दिएका छन् ।

गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा उपप्रधानमन्त्रीसमेत रहेका निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता जनाए ।

जवाफमा चिनियाँ रक्षामन्त्री चाङले तातोपानी नाका र अरनिको राजमार्ग पुनर्निर्माणलको चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गरे ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संचार प्रणाली आधुनिकीकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिबृद्धिका लागि तालिम उपलब्ध गराउने बिषयमा पनि दुईबीच छलफल भएको थियो ।

भेटमा गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहि आएको उल्लेख गर्दै भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment