Comments Add Comment

परशुराम धामः धर्मको द्वार (फोटो फिचर)

पश्चिम नेपाल भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि प्रकृतिको उपहारसँगै यसक्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरु छन्   त्यसैमध्येकोएक हो, डडेल्धुराको परशुराम नगरपालिकामा रहेकोपरशुराम धाम

 

नेपालभारत सिमाना छुट्याउने महाकाली नदीको किनारमा थपक्क बसेको मन्दिर

खासगरी माघे संक्रान्तिको बेला ठूलो मेला लाग्ने परशुराम धाम मन्दिरको विशिष्टमहिमा । महाभारतबाट निस्किएको रंगुन नदी मानसरोवरबाट निस्किएकोश्यामा, सरयु महाकालीनदीको संगमस्थलका रुपमा परिचित परशुराम धाम क्षेत्रकोबारेमा धार्मिक ग्रन्थहरुमा समेतउल्लेख गरिएको पाइन्छ

त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैह्यवंशी क्षेत्रीहरुको २१ चोटिसंहारपछि पुनःयही क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको कुरा स्कन्दपुराणकोमानसखण्डमा वर्णन गरिएको

यस्तै, यो क्षेत्रमा धर्मराज युधिष्ठिरले समेत यज्ञ गरेको धर्मको लागि द्वारको समेत निर्माण गरेकोजनविश्वास रहिआएको

धाम क्षेत्र करिब ८५ बिगाह क्षेत्रफलमा फैलिएको यो परिसरमा पर्शुरामकी आमा रेणुकाकोमन्दिर, धर्मद्वार, सत्ययुगदेखिरहेको बताइने वरपीपल समेत देख्न पाइन्छ साथै, परशुरामस्नानघाट, बाङ्घाट भागेश्वर घाट पनि छन्

माघे संक्रान्तिको मेलामा डडेल्धुराका साथै डोटी लगायत ठाउँका २२ द्यौराहरु (देवता) लाई स्नान गर्नयस क्षेत्रमा ल्याउने गरिन्छ माघे संक्रान्तिका साथै औंशी, पूर्णिमा ग्रहण लागेको समयमा समेतयस क्षेत्रमा अन्य भक्तजनहरु स्नान गर्न आउने गरेकोपर्यटन व्यवसायी प्रकाश भट्टले बताए

सुदूरपश्चिमबाट नजिकै रहेको भारतीय तीर्थस्थल हरिद्वारको जत्रै महिमा आस्था परशुराम क्षेत्रकोरहेको पाइन्छ तर, सरकारीउदासीनताका कारण यो क्षेत्रको आवश्यक प्रवर्द्धन हुन सकेको छैन

कसरी पुग्ने ?

पूर्वपश्चिम राजमार्गको दैजी सडकखण्डबाट परशुराम धाम ३० किलोमिटरको दूरीमा पर्छ यहाँपुग्न दैजीबाट सवारी साधनमाकरिब दुई घण्टा लाग्छ बाटोमा पर्ने सय ८० मिटर लामो बेतकोटतालले यात्रालाई थप रोमाञ्चक बनाउँछ बेतकोट तालमाघुम्न पिकनिक खान पर्यटकहरु आउनेगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए

 नदी कटानको चुनौतीः कैलाशकुमार पाण्डे

अध्यक्ष, परशुराम क्षेत्र विकास समिति

 यसक्षेत्रमा पर्यटकको आगमन जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन धाम जाने बाटो राम्रोनभएकाले पर्यटक नआएको हुन सक्छ तर, बाटोसहित मन्दिरको अन्य पूर्वाधार निर्माणका लागिहामी जुटिरहेका छौं

पशुराम धामको मुख्य चुनौती महाकाली नदीले गरिरहेको कटान हो यसमा राज्यले तत्कालै ध्यानदिनुपर्छ नदी कटानकाकारण कुनै दिन यो क्षेत्र नै हराउने खतरा देखिएको

भरतबन्धु थापा / दीपक उपाध्याय 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment