Comments Add Comment

टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’


१५ चैत, काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन गर्न ऋण (लोन) उपलव्ध गराउने भएको छ।यस सम्बन्धमा नेपाल टेलिकम र हङकङ्गस्थित टिएक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टरबीच सम्झौता भएको छ। जसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन उपलव्ध हुनेछ।
यो सुविधा प्रयोग गरे वापत थप कुनै शुल्क वा ब्याज नलिई उपभोक्तालाई लोन दिइने टेलिकमले जनाएको छ।  रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट ऋण कट्टा हुनेछ।कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरे।

उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने टेलिकमको विश्वास छ। यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा पनि आफन्तजनसँग कुराकानी गर्न सहज हुनेछ।

सम्झौता अनुसार यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment