Comments Add Comment

सामसुङले ल्यायो ग्यालेक्सी एस एट, के के छन् फिचर्स ?

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी सिरिजका दुई नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा आयोजित विशेष समारोहबीच सामसुङले ग्यालेक्सी एस एट र ग्यालेक्सी एस एट प्लस लञ्च गरेको हो ।

के के छन् फिचर ?

सामसुङ ग्यालेक्सी एस एटमा ५.८ इन्चको क्यूएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ ।

जबकी ग्यालेक्सी एस एट प्लसमा चाहीँ ६.२ इन्चको क्युएचडी प्ल्स सुपर एमोलेड डिस्प्ले रहेको छ । दुबैको रिजोलुसन १४४० गुणा २९६० पिक्सेल छ । सामसुले यी दुई स्मार्टफोनका डिस्प्लेलाई इनफिनिटी डिस्प्ले नामारकण गरेको छ । दुबै स्मार्टफोनमा १२ मेगापिक्सेलको डुअल पिक्सल ब्याक क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

एस एट र एट प्लस दुबैमा क्वालकोमको लेटेष्ट स्नापड्रागन ८३५ प्रोसेसर रहेको छ । ग्यालेक्सी एस एट तथा एट प्लस दुबैमा अक्टाकोर १० एनएम प्रोसेसर छ । जसमा चार कोर २.३ गिगाहर्ज तथा थप चार कोर १.७ गिगाहर्ज रहेको छ ।

सामसुङका अनुसार विश्वमा फरक फरक बजार हेरिकन दुबै स्मार्टफोनलाई फरक फरक भेरिएन्ट्समा ल्याइनेछ । कुनै बजारमा कम्पनीले आफ्नो एक्सीनोस ८८९५ प्रोसेसर युक्त भेरिएन्ट ल्याउनेछ ।

दुबै स्मार्टफोनमा ४ जिबीको र्याम रहेको छ । ६४ जिबीको इन्टर्नल मेमोरी र २५६ जिबीसम्मको माइक्रो एसडी कार्ड हाल्न सकिनेछ । दुबै स्मार्टफोनमा वायरलेस तथा तिव्र चार्जिंग प्रविधि रहेको छ । त्यस्तै यी स्मार्टफोनलाई  गिएर ३६० मा समेत जोड्न सकिनेछ । सामसुङले सोही कार्यक्रममा नयाँ गिएर ३६० पनि सार्वज्निक गर्यो । उक्त डिभाइसको मद्दतले फोर के रिजोलुसनमा ३६० डिग्री भिडियो खिच्न सकिन्छ भने १५ मेगापिक्सेलको फोटो पनि खिच्न सकिन्छ ।

दुबै स्मार्ट फोनमा आइरिस रिकग्नीसन फिचर रहेको छ । उक्त फिचर कम्पनीले ग्यालेक्सी नोट सेभेनमा पनि राखेको थियो तर नोट सेभेनमा आगो लाग्ने समस्यासँगै बजारबाट फिर्ता लिएर उत्पादन नै बन्द गर्नु परेको थियो । आइरिस रिकग्नीसन एक बायोमेटि्रक रिकग्नीसन प्रणाली हो जसले मानिसको आँखाको आइरिसलाई स्क्यान गरी फोनलाई अनलक गर्दछ । यसको माध्यमले सामसुङ अकाउन्ट भेरिफाइ गर्ने जस्ता अन्य विभिन्न काम पनि गर्न सकिन्छ । दुबै स्मार्टफोनमा ब्याकसाइडमा फिंगरपि्रन्ट सेन्सर पनि राखिएको छ ।

सामसुङले क्am कगलन म्भहृ नामको एक नयाँ फिचर पनि पेश गरेको छ जसबाट यी स्मार्टफोनलाई मनिटर, कीबोर्ड तथा माउससँग जोडेर कम्प्युटर झैँ गरी चलाउन सकिन्छ । यो फिचर माइक्रोसफ्ट कन्टिनम जस्तो हो । दुबै स्मार्टफोन वाटर रेसिस्टेन्ट छन् ।

अपरेटिंग सिस्टमको कुरा गर्दा दुबै स्मार्टफोन एन्ड्रोइड ७.० नगटमा चल्दछन् ।

सामसुङले आफ्नो भ्वाइसमा आधारित भर्चुअल असिस्टेन्ट बिक्स्बी पनि सार्वजनिक गरेको छ । यो फिचरको सहायताले अब स्मार्टफोनलाई टच गरेर गर्न सकिने सबै काम एस एट तथा एट प्लसमा बोलेरै गराउन सकिनेछ । दुबै स्मार्टफोनमा केही त्यस्ता एपहरु प्रिइन्स्टल्ड हुनेछन् जसले बिक्स्बी सपोर्ट गर्नेछन् ।

ग्यालेक्सी एस एटको आकार १४८.९ गुणा ६८.१ गुणा ८ मिलिमिटर रहेको छ । यसको तौल १५५ ग्राम छ । एस एट प्ल्सको आकार  १५९.५ गुणा ७३.४ गुणा ८.१ मिलिमिटर रहेको छ भने वजन १७३ ग्राम छ । दुबै स्मार्टफोनको बिक्रि आगामी अपि्रल २१ को मध्यरातबाट सुरु हुनेछ ।

स्मार्टफोनहरु ब्लाक, अर्किड ग्रे, आर्कटिक सिल्भर, म्यापल गोल्ड तथा कोरल ब्लू गरी पाँच रङमा उपलब्ध हुनेछन् । दुबै स्मार्टफोनको मूल्य कति हुने भन्ने कुरा चाहीँ खुलाइएको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment