२७ असार, काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले पिता आयतुल्लाह अली खामेनीको अन्त्येष्टिपछि उनको हत्याको बदला हरहालमा लिने घोषणा गरेका छन् । शनिबार एक लिखित सन्देश जारी गर्दै उनले भनेका छन्, ‘रगतको बदला कुनै पनि हालतमा लिइनेछ ।’
फेब्रअरी २८ मा अमेरिका र इजरायलको संयुक्त सैन्य हमलामा इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनका परिवारका सदस्यको मृत्यु भएको थियो । उक्त हमलामा जोगिएका उनका छोरा मोजतबा खामेनीलाई उनको मृत्युपश्चात सर्वोच्च नेता घोषणा गरिएको थियो ।
खायतुल्लाहको यसैसाता अन्त्येष्टि गरिएको छ । त्यसपछि छोरा मोजतबाले आज लिखित सन्देश जारी गरेका हुन् । उनले पिताको अन्त्येष्टिमा उपस्थित हुनेहरूलाई धन्यवाद दिँदै अगाडि भनेका छन्, ‘हामी तपाईंको शुद्ध रगत र यी दुई युद्धका सबै शहीदहरूको रगतको बदला यी अपराधी र कुख्यात हत्याराहरूबाट लिने प्रतिज्ञा गर्छौं । यो बदला हाम्रा जनताको माग हो र यो कुनै पनि हालतमा लिइनेछ ।’
आफ्नो पछिल्लो सन्देशमा, मोजतबा खामेनीले आफूसँग हत्या गर्नेहरूको पूर्ण सूची रहेको पनि दाबी गरेका छन् । ‘तिनीहरूले शान्तिपूर्ण मृत्युको सपनालाई आफ्नो चिहानमा लिएर जानेछन् । तिनीहरूले बुझ्नुपर्छ कि यो केवल म वा अन्य अधिकारीहरूमा निर्भर गर्दैन,’ उनले भनेका छन्, ‘हामी बाँचौं वा नबाँचौं, यो काम गरिनेछ । चाँडै, विश्वभरका स्वतन्त्रताप्रेमी मानिसहरूले यो जिम्मेवारीको आफ्नो हिस्सा वहन गर्नेछन् ।’
पिताको अन्त्येष्टिमा भने मोजतबा खामेनी देखिएनन् । उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् ।
प्रतिक्रिया 4