Comments Add Comment

एनआरएन भवनका लागि युरोपबाट बाचा गरिएको साढे २ करोड अझै उठन सकेन 

बार्सिलोना । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपेली मुलुकबाट प्रतिबद्धता जनाएकोमध्ये झण्डै साढे २ करोड रुपैयाँअझै उठन सकेको छैन् ।

संघको वेबसाइटमा राखिएको बिबरणअनुसार युरोपबाट झण्डै ५ करोड ९५ लाख ३ हजार ८ सय ८७ रुपैयााको प्रतिबद्धता जनाइएकोमा हालसम्म ३ करोड ४७ लाख ६ हजार ४ सय ४५ रुपैयाँमात्र संघको खातामा जम्मा भएको छ ।

गैरआवासीय नेपाली संघले आगामी अक्टोबरभित्र भवन निर्माण सम्पन्न गर्नेगरी धमाधम निर्माण कार्य अगाडी बढाइरहेको छ । एनआरएनए अध्यक्ष शेष घलेकै प्रत्यक्ष सहभागितामा भइरहेको निर्माण कार्य पहिलो तलासम्म आइपुगेको छ ।

गैरआवासीय नेपाली संघले वाचा गरिएको रकम तत्कालै जम्मा गरिदिन निरन्तर आग्रह गरिरहेको छ । तर, अझै यति ठूलो रकम किन जम्मा हुन सकेको छैन भनी अनलाइनखबरका युरोप संयोजक बसन्त रानाभाटले एनआरएनका युरोप संयोजक कुल आचार्यसाग सोधका छन् ।

जवाफमा आचार्यले रकम संकलनका लागि प्रतिबद्धता जनाउनेहरुसाग रकम जम्मा गर्नका लागि ताकेता भइरहेको भन्दै छिटोभन्दा छिटो जम्मा गरिदिन आग्रह गरेका छन् । युरोपबाट उठन बाँकी रकम सवै उठनेमा आफु ढुक्क रहेको उनले बताए ।

गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि १९ करोड रुपैयाँ प्रतिबद्धता जनाइएकोमा अझै ८ करोड रुपैयाँ उठन बाँकी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment