Comments Add Comment

दुई चरणको चुनावमा एमाले ‘सकारात्मक’, संशोधन प्रस्ताव नहेरी नबोल्ने

फाइल तस्वीर

१० बैशाख, काठमाडौं । स्थानीय तहको चुनाव दुई चरणमा गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएका छन् । संविधान संशोधन प्रस्तावका विषयमा भने सो प्रस्ताव हेरेपछि मात्रै प्रतिक्रिया दिने एमाले अध्यक्षको भनाइ छ ।

आफूलाई भेट्न बालकोटस्थित निवासमै आएका प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले दुई चरणमा चुनाव गर्ने सरकारको तयारीप्रति सकारात्मक धारणा राखेका हुन् ।

प्रचण्ड र ओलीको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री निकट स्रोतले भन्यो-‘ दुई चरणमा गर्न लागिएको निर्वाचनबारे केपी ओलीबाट सकारात्मक प्रतिक्रिया आएको छ, संविधान संशोधन प्रस्तावमाथिको परिमार्जनका बारेमा चाहिँ प्रस्ताव हेरेपछि समर्थन वा विरोध गर्ने ओलीले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीवीच आइतबार करिब २० मिनेटसम्म कुराकानी भएको थियो । प्रधानमन्त्रीले बालुवाटारमा शनिबार साँझ मधेसी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे जानकारी गराएका थिए ।

ओलीले संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने अवस्था नरे पनि विरोधका एमालेको विरोधका बाबजुद पनि प्रक्रिया अघि बढ्न सक्ने सकारात्मक अभिव्यक्ति दिएको स्रोतले बतायो ।

दुई चरणको निर्वाचनबारे कुरा गर्दा बजेट घोषणाका बारेमा पनि छलफल भएको थियो । यस सन्दर्भमा बजेटको मिति सार्न सकिने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।

ओलीको नरम अभिव्यक्तिपपछि प्रधानमन्त्री संविधान संशोधन प्रस्ताव दुई तिहाइले पारित गरेर दुई चरणमा निर्वाचन गराउन सकिने निश्कर्षमा पुगेको स्रोतले बतायो ।

ओलीसँगको भेटपछि अहिले सिंहदरबारमा मन्त्रिपपिरषदको बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment