Comments Add Comment

अर्थ मन्त्रालय मातहत निकायकै कर्मचारीको तलब मासिक ५ रुपैयाँ !


१५ वैशाख, काठमाडौं । मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला ? अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौँ जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ ।
कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको यो पारिश्रमिक अहिले भने असाध्यै न्यून भएको अधिकारीहरू नै स्वीकार गर्छन् । यद्यपि यो पारिश्रमिक बढाउन भने कहिल्यै तयार हुँदैनन् ।

हनुमानढोका दरबारको मूलचोकमा अवस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘कौशितोषाखानाले दिने वार्षिक ३७ रुपियाँ पारिश्रमिक खर्च लिन छोडेकै वर्षौं भइसक्यो । पुग्दै नपुग्ने खर्च लिएर के गर्नु ?’ निकासा भएको यो रकम कौशितोषाखाना कार्यालयले वितरण गर्ने गरे पनि रकम न्यून भएको असन्तुष्टि वर्षौंदेखि सम्बोधन हुन सकेको छैन ।

अर्थ मन्त्रालयका उपसचिव एवं साविक कौशितोषाखानाका प्रमुख हेमन्त निरौला यो रकम काम लगाएबापत निकै कम भएको स्वीकार्छन् । उनी भन्छन्, पारिश्रमिक समयानुकूल गर्न प्रयास नभएको भने होइन तर साविकअनुसार गर्नु भनी सम्बन्धित निकायबाट लेखी आउँछ ।’
निरौलाका अनुसार हनुमानढोका दरबार र परिसरमा रहेका ससाना आकारका मन्दिरमा पूजा गर्ने धेरैको पारिश्रमिक मासिक पाँच रुपियाँभन्दा बढी छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment