Comments Add Comment

समीक्षाः यस्तो छ बाहुबली द कन्क्लुजन

कलाकार- प्रभास, अनु्ष्का शेट्टी, राण दग्गुबत्ती, तमन्ना भाटिया

निर्देशक- एसएस राजमौली

अवधी- २ घण्टा ४८ मिनेट

कटप्पाले किन बाहुबलीको हत्या गर्‍यो भन्ने जिज्ञासालई अधकल्चो छाडेर टुंगिएको फिल्म बाहुबलीको दोस्रो भाग धुमधामका साथ हलमा लागिरहेको छ । बाहुबलीः द कन्क्लुजन यस्तो फिल्म हो, जो छायांकन हुनुअघि नै प्रतिक्षारत रह्यो । दुनियाँले अधैर्यसाथ पर्खिरहेको यो फिल्म वास्तवमा कस्तो छ त ? के यसले दर्शकको अपेक्षा पुरा गर्छ ?

यस्तो छ कथा

यो कथा त्यहीबाट सुरु हुन्छ, जहाँ बहुबली-१ टुंगिएको थियो । फिल्ममा शिवा अर्थात महेन्द्र बाहुबली -प्रभास)लाई कटप्पा -सत्यराज)ले यो कुरा बताउन खोजिरहेका थिए कि, आखिर महाराजा अमरेन्द्र बाहुबलीको हत्या कसरी भएको थियो ?

यहिबाट कथा फ्ल्यासब्याकमा पुग्छ । जब महिष्मतिको साम्राज्यमा अमरेन्द्र बाहुबलीको राज्यभिषेक हुनेवाला हुन्छ, सबै खुसी हुन्छन् । अमरेन्द्र बाहुबली र भल्लाल देव दुबैको लालन-पोषण एकै आमा शिवगामी देवीले गरेकी हुन्छिन् । राज्यको बागडोर पनि उनकै हातमा हुन्छ । शिवगामी आफ्नो शासन सत्ता अमरेन्द्र बाहुबलीको हातमा सुम्पन चाहन्छिन्, जो आमाबुवाको मृत्युपछि अनाथ हुन्छन् । बाहुबलीले नै राम्रो शासन चलाउँछ भन्ने उनलाई पूर्ण विश्वास पनि हुन्छ ।

बाहुबलीलाई राज्य सत्ता सुम्पने कुराले सबैतिर उल्लास छाउँछ । तर, यो कुरा भल्लालदेव (राणा दग्गुबत्ती)लाई पटक्कै चित्त बुझ्दैन । त्यही कारण उनले आफ्ना पितासँग मिलेर अमरेन्द्र बाहुबलीको हत्या गर्ने योजना बनाए । यसका लागि कटप्पालाई अघि सारिन्छ र महारानी शिवागामी -राम्या कृष्णन)लाई पनि झुटो कुरा गरेर विश्वासघात गरिन्छ । कथाले यहिबाट नयाँ मोडमा प्रवेश गर्छ ।

महाभारत र रामयाणबाट प्रभावित

यो कथा बिजयेन्द्र प्रसादले लेखेका हुन् । बिजयेन्द्र दक्षिण भारतिय फिल्मका चल्तापूर्जा स्क्रिप्ट राइटर त हुन् नै, बाहुबलीका निर्देशक एसएस राजमौलीका पिता पनि । बिजयेन्द्रले भनेका छन्, ‘यो फिल्मको कथा महाभारत र रामायणबाट प्रभावित छ । यसका पात्रहरु पनि दुबै ग्रन्थबाट फ्युजन गरेर बनाइएको हो ।’

के भने भारतिय समीक्षकले

फिल्म सार्बजनिक भएको १२ घण्टा बित्न नपाई यसमाथि समीक्षा गर्ने क्रम चल्यो । भारतिय मीडियाले प्राथमिकतासाथ बाहुबलीको समीक्षा गर्दै लेख्यो, घतलाग्दो कथामा दमदार एक्सनको प्याकेज ।

एक लाइनमा भन्नुपर्दा फिल्मको सार भनेको, असत्यमाथि सत्यको जीत हुन्छ भन्ने नै हो । तर, समीक्षकहरु भन्छन्, ँफिल्मको कथामा दिमाग नलगाउनुहोस्, केवल आँखाले हेरेर मनोरञ्जन लिनुहोस् ।’ फिल्मको दृश्य यति दमदार छ कि, हेरेर मन अघाउदैन । फिल्ममा सबै कलाकारले एक से एक राम्रो अभिनय गरेका छन् ।

फिल्म पारखीले एसएस राजमौलीको कल्पनाशक्ति र निर्देशकिय खुबीलाई सलाम गर्नैपर्छ । फिल्ममा भिएफएक्सको प्रयोग यसरी गरिएको छ, जसलाई हलिउडसँग तुलना गर्न सकिन्छ । भिएफएक्सबाट सिर्जना गरिएको दृश्यले दर्शकलाई आँखा झिम्काउन दिदैन । टु डी दृश्य पनि थि्र डी जस्तै लाग्नेछ । यसले दर्शकमा इमोशनल उतार-चढाव पनि पैदा गर्छ । देवसेना र अमरेन्द्र बहुबलीबीचको रोमान्सको दृ्श्य पनि भव्य छ ।

फिल्ममा महेन्द्र बाहुबलीले आफ्नो पिताको बारेमा थाहा पाउँछ, जो महिष्मतिको राजा बन्नेवाला थिए । यसपछि कथा अमरेन्द्र बाहुबली र देवसेना (अनुष्का शेट्टी) को प्रेमकथा वरीपरी घुम्छ । देवसेना नै बाहुबलीकी आमा हुन्, जो पहिलो फिल्ममा साङ्लाले बाँधिएको अवस्थामा देखिन्थ्यो । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment