Comments Add Comment

बिनोद खन्नासँग थियो भारु ६७ करोडको सम्पति

उनको जीवनसँग जोडिएको रोचक जानकारी

अन्ततः क्यान्सले थलिएका विनोद खन्नाले देहत्याग गरेका छन् । आफ्नो जमानाका ड्यासिङ अभिनेता अस्पतालको शैयामा ब्लड क्यान्सरसँग जुध्दा जुध्दै अन्तिम श्वास फेर्न पुगे । पछिल्लो समय शाहरुख खान स्टारर ‘दिलवाले’मा देखिएका उनी त्यसपछि फिल्ममा कहिल्यै नर्फकने गरी अस्पतालमा भर्ना भए । उनी अस्पतालको शैयामा भएको चर्चा धेरै पछि मात्र चलेको हो ।

–   विनोद खन्ना सामन्य परिवारमा जन्मिएका हुन्, ६ अक्टोबर १९४६ मा ।

–   उनले आफ्नो निजी सम्पति सार्वजनिक गरेका थिए, जस अनुसार उनको कुल सम्पति भारु ६६ दशमलव ९२ करोड रुपैयाँ थियो ।

–   विनोद खन्नाको नाममा भारु ३१ दशमलव २१ करोड रुपैयाँ र पत्नी कविताको एवं दुई छोरीको नाममा भारु ३५ दशमलव ७१ करोड सम्पति छ ।

–   खन्ना गाडीका पनि सौखिन थिए । उनीसँग सात वटा लक्जरी कार थियो ।

–   उनीसँग भएकोमध्ये बिएमडब्ल्यु ५२० डि मोडल सबैभन्दा महंगो थियो ।

–   त्यसबाहेक उनीसँग भोल्सवागनको पासाट, एल्टिस, इनोभा, महिन्द्राके एक्युभि र रेवा जस्ता कार थियो ।

–   खन्नाको नाममा पठानकोटको तरेली गाउँमा भारु एक कारोड रुपैयाँको गैर कृषियोग्य जमिन थियो ।

–   मुम्बईमा उसको आवसिय सम्पति छ, जसको मूल्य भारु तीस करोड बराबर छ ।

–   भारत पाकिस्तान विभाजनपछि विनोद खन्नको परिवार मुम्बई आएको थियो । उनको पिता टेक्सटायलको व्यपारी थिए ।

–   शिक्षकले जबरजस्ती नाटक खेल्न लगाएपछि विनोद अभिनयतिर तानिएका हुन् । खासमा उनी इन्जिनियर बन्न चाहन्थे । विज्ञान विषय लिएर अध्ययन पनि गरिरहेका थिए ।

–   व्यपार व्यवसायमा रुची राख्ने पिताले विनोदलाई कर्मस पढाउन चाहन्थे । तर, उनी बलिउडको रंगिन दुनियाँमा भाग्य चम्काउन आइपुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment