Comments Add Comment

ललितपुर महानगरको मेयरमा साझा पार्टीका महर्जनको उम्मेदवारी घोषणा

१६ वैशाख, काठमाडौं । साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा रमेश महर्जनलार्इ स्वतन्त्र उम्मेदवार उठाउने भएको छ ।

साझा पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि उमेदवारी घोषणा गरेका हुन् ।

सुनचाँदी व्यवसायी ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन् । उपमेयरकी उम्मेदवार शाक्य शाक्यसिंह विहारकी उपाध्यक्ष हुन् ।

‘असल राजनीतिक तथा सामाजिक मूल्य र मान्यतालाई प्रतिनिधित्व गर्ने रमेश महर्जन र शोभा शाक्यलाई ललितपुर महानगरपालिका प्रमुख र उपप्रमुखको उमेदवारको रूपमा समर्थन गर्न पाउँदासाझा पार्टी गौरवान्वित महशुस गर्दछ, साझा पार्टीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment