+
+

नवलपरासीमा राप्रपा उम्मेदवारको गाडीमा आगजनी

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७४ वैशाख २६ गते ८:३९

२६ वैशाख, नवलपरासी । चुनावी प्रचारप्रसार प्रयोग गरिएको टाटा सुमो अज्ञात समूहले मंगलबार बिहान कावासोतीमा आगजनी गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले शंकर ढकालको बा १३ च ७१५० गाडीमा आगजनी भएको जानकारी दिए । घरमा रोकी राखिएको गाडीमा आगजनी भएको हो ।

गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए ।

आगजनी गर्नेको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?