Comments Add Comment

रञ्जु दर्शनाले दिएको दिगो सन्देश

‘फेरि स्टकोट, टिसर्ट फालेर कन्सर्टमा नाच्ने केटा र केटीहरु कति रहेछन् काठमाडौंमा !’

विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार रञ्जु दर्शनाले पाएको मतबाट आक्रोशित कांग्रेस प्रतिनिधिले मत गणनास्थलमा यस्ता आक्रोश पोखे ।

‘उहाँ बहिनीले अप्ठेरो नमान्नू, मैले मेरो प्रतिस्पर्धा जोसँग हुन्छ, उसलाई लक्षित गरेर चुनावी रणनीति बनाउने हो’ एमालेका तर्फबाट मेयरमा ‘स्वघोषित उम्मेदवार’ केशव स्थापितले एक टेलिभिजन प्रशारणमा भनेका थिए । रञ्जुले दिएको जवाफमाथि अन्तर्वार्ताकारले बोल्न लगाएपछि स्थापितले बोल्न अस्वीकार गरी नयाँ भूमिकामा बोलेका थिए ।

रञ्जुले चुनाव जित्छु भनेर उम्मेदवार भएको बताएकी थिइन् । तर, उनले झुटो बोलेकी रहेछन् भन्ने अहिले पुष्टि भएको छ । किनकि उनी तेस्रो स्थानमा रहँदा चुनाव हुनु अघिभन्दा उत्साहित र खुसी देखिन्छिन् । यसको मतलब उनको अपेक्षा पहिलो हुने छँदै थिएन ।

रञ्जुले ल्याएको मत कसैले पनि पूर्वानुमान गर्न नसकेका होइनन् । तर, धेरैले गलत अनुमान गरेका थिए । रञ्जुले प्राप्त गरेका मतमध्ये एउटा मतदाताले सात जनालाई भोट हाल्दा उल्लेख्य संख्यामा ६ भोट रुख र १ भोट स्टकोटमा गएको छ । त्यस्तै, ६ भोट सूर्य र १ स्टकोट पनि रहेका छन् । यसको अनुपात ८०ः२० रहेको अनुमान गरिएको छ । त्यस आधारमा रञ्जु नउठेको भए कांग्रेसको भोट बढ्थ्यो भन्ने अनुमान पनि गरिएको छ ।

चौथो स्थानमा साझा पार्टीका किशोर थापा छन् । रञ्जु र किशोर दुवै परम्परागत दलहरुबाट वाक्क जनताका लागि विकल्प थिए ।

रमेश घिमिरे

तालमेल गरेर किशोर मेयर र रञ्जु उपमेयर उठेको भए सहजै जित हुने रहेछ भन्ने विश्लेषण चुनावपूर्व केहीले गरेका थिए भने चुनावपछि धेरैले गरेका छन् । किशोर पक्षले उक्त प्रस्ताव गरेको पनि थियो । तर, रञ्जु पक्षले मानेन । आखिर रञ्जु पक्षको मेयर जित्ने अपेक्षा नै देखिएको थियो भने तालमेल गर्न किन अस्वीकार गरे भन्ने प्रश्न अनुत्तरित नै छ ।

रञ्जुले प्राप्त गरेको भोटले राजनीतिमा विभिन्न चाखलाग्दा र दूरगामी प्रभाव पार्ने सन्देश दिएको छ । काठमाडौंमा २ लाख ७९ हजार मतदातामध्ये २ लाख १६ हजार मात्र मतदान भयो अर्थात् ७७ प्रतिशत मत खस्यो । रञ्जु चुनावमा नउठेको भए यति मत खस्दैनथ्यो ।

कुनै पार्टीले जिते पनि केही हुने होइन भनेर घरमै बस्ने जनसंख्यालाई मतदान स्थलसम्म डो¥याउने काम रञ्जुले गरिन् र १ भोट उनले पाए पनि ६ भोट अरुले प्राप्त गरे । मतदाता नामावलीमा नाम भएकामध्ये ७७ प्रतिशतको मत खसेको हो । यदि विदेशमा रहेका युवाको नाम नामावलीमा समेटिन्थ्यो र उनीहरुले उतैबाट मत हाल्न पाउँथे भने के हुन्थ्यो ? यत्तिकै अवस्थामा रञ्जुले चुनाव जित्ने अनुमान गर्न सकिन्छ ।

तालमेल गरेर किशोर मेयर र रञ्जु उपमेयर उठेको भए सहजै जित हुने रहेछ भन्ने विश्लेषण चुनावपूर्व केहीले गरेका थिए । आखिर रञ्जु पक्षको मेयर जित्ने अपेक्षा नै देखिएको थियो भने तालमेल गर्न किन अस्वीकार गरे भन्ने प्रश्न अनुत्तरित नै छ ।

राजनीतिक दलमा राजनीतिक संस्कारको कमी, सुशासनको अभाव, वास्तविक लोकतन्त्रको बुझाइ र अभ्यासको अभाव तथा जनताको मत पाएका दल सर्वेसर्वा हो भन्ने अहङ्कार भएका कारण नेपालको राजनीतिप्रति युवा पुस्तामा वितृष्णा छ । १० वर्षे जनयुद्धले विभिन्न नोक्सानी गरे पनि राजनीतिक चेतना जगाउने कार्यमा सकारात्मक प्रभाव पारेको स्वतन्त्र विश्लेषकहरुले बताएका थिए । रञ्जुको उपस्थितिले बिनानोक्सानी राजनीतिक चेतना जगाउने कार्य गरेको छ ।

राजनीतिप्रति कुनै रुचि नभएका युवा पुस्ता रञ्जुको पछि लागेर यसै पटकको चुनावबाट रुपान्तरण भएका छन् । रञ्जुको दल दिगो रहला या नरहला भन्ने अनुमान भइरहेका छन् ।

रञ्जुको अभियानले राजनीतिक चेतना भरिएका युवा रञ्जुकै पछि लागेर नहिंड्न सक्छन् । तर, उनीहरु नेपालको राजनीतिक परिवारको नयाँ सदस्य बनेका छन् । यो सबै दल र राजनीतिकर्मीको लागि सुखद पक्ष हो ।

२१ वर्षे रञ्जुले चुनाव जितेको भए महानगरपालिकाको मेयर हाँक्न सक्दिन थिइन् भन्ने धेरैको बुझाइ छ । त्यो सही हो भने रञ्जुको होइन, कानून निर्माताको गल्ती हो ।

राजनीतिकर्मी र दलहरुको गुण/दोष केही छुट्याउन नसक्ने तर १८ वर्ष पुगेका आधारमा मतदान गर्ने नेपालीको संख्या ठूलो छ । उनीहरुलाई के मा भोट हाल्ने भन्ने थाहा छ, तर किन हाल्ने भन्ने थाहा छैन । महिलाको हकमा माइतीको पार्टी कि घरको पार्टी भन्ने चर्चा हुन्छ । कतिपयले त आस्था भएकाले फलानो चिह्नमा भोट हाल्ने भन्छन्, तर उनीहरुलाई आस्था भनेको के हो, थाहा छैन । त्यस्ता युवा पुस्तामा गुण/दोष हेर्न आँखा उघारिदिने काम रञ्जुबाटै भयो ।

रञ्जु २१ वर्षकी छिन् । चुनाव जितेको भए महानगरपालिकाको मेयर हाँक्न सक्दिन थिइन् भन्ने धेरैको बुझाइ छ । त्यो सही हो भने रञ्जुको होइन, कानून निर्माताको गल्ती हो । २१ वर्ष मेयरका लागि योग्य भनेर संविधानमै राखिएको छ ।

रञ्जु कच्चा र अपरिपक्व भएको हो भने अरु कुनै नेपाली पनि त्यही उमेरको त्यही पदका लागि उपयुक्त हुन सक्दैन, किनकि त्यो उमेरमा त्योभन्दा बढी अनुभव, परिपक्वता र ज्ञान सायदै कसैमा पाइन्छ ।

२१ वर्षको उमेर मेयर हाँक्नका लागि सबल पक्ष होइन । मेयरको लागि उमेर योग्यताको एकमात्र सूचक होइन । धेरै सूचकमध्ये एउटा सूचक उमेर हुन सक्छ । ज्यादै कम वा ज्यादै बढी उमेरलाई नकारात्मक सूचीमै राख्न सकिन्छ । तर, बाँकी सूचकमा सकारात्मक पक्ष बढी भयो भने उमेर मात्र निर्णायक  फ्याक्टर हुँदैन ।

रञ्जुको भाषणबाट थाहा हुन्थ्यो कि उनले प्रशासन कसरी चल्छ, बजेट, नीति, योजना कसरी बन्छन् र कसरी कार्यान्वयन हुन्छन् भन्ने सही ढंगले बुझेकी थिइनन् । उनलाई आर्थिक वर्षको अन्त्यमा खर्च नभएर फ्रिज भएको बजेट के हुन्छ भन्ने थाहा नभएको भाषणबाट देखिन्थ्यो ।

यस्ता विषयमा ज्ञान नहुनु उमेर मात्र जिम्मेवार होइन । व्यवस्थापिका संसद्‌मा उमेर बढी भएर पनि उल्लिखित प्रकृतिका ज्ञान नभएका सांसद कति छन् कति ! त्यस्तै सांसद कति मन्त्री समेत भएका छन् । अचम्मको कुरा त वर्षौं सांसद र मन्त्री भएर पनि सामान्य सिद्धान्त, विधि, प्रक्रियाबारे उनीहरुलाई थाहै भएन ।

रञ्जुको हकमा त्यो लागू हुँदैन । थाहा नभएका कुरा उनले अनुभव वा बुझेकाबाट सुनेर सजिलै बुझ्न सक्छिन् भन्ने देखिएको छ ।

अर्को कुरा नेतृत्वमा हुनुपर्ने क्षमता भनेको प्रशासनिक प्रक्रियाको पूर्वजानकारी प्रमुख होइन । इमानदारी, जोखिम वहन, विवेकशीलता, आँट, इच्छाशक्ति, न्यायिक दृष्टि, तथ्यपरक नीति योजना नेतृत्वमा हुनुपर्ने प्रमुख गुण हुन् ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment